२५ करोड प्रकरण : ट्रक चालक लामा कारागार चलान

काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । टोखा नगरपालिका–१ झोर क्षेत्रबाट चैत ४ गते मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटनमा लुकाएर राखिएको मुद्रासहित […]

Apr 17, 2025 - 08:04
 0
२५ करोड प्रकरण : ट्रक चालक लामा कारागार चलान

काठमाडौं । टोखाबाट २५ करोड रुपैयाँ बराबरको डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामा कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

टोखा नगरपालिका–१ झोर क्षेत्रबाट चैत ४ गते मालवाहक ट्रकको अगाडि चालक क्याबिनमा फल्स बटनमा लुकाएर राखिएको मुद्रासहित लामालाई पक्राउ गरिएको थियो ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१ घर भएका ४३ वर्षीय लामा यसअघि पनि सुन काण्डमा जेल बसेर छुटेका थिए ।

२५ करोड बरामद घटना : सुन तस्करीमा ५ वर्ष जेल बसेका थिए ट्रक चालक, यसरी समातियो

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register