सांसद फरार, तलब नियमित ! 

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि फरार प्रतिनिधि सभा सदस्य माया राईको तलब भने नियमित भुक्तानी भएको पाइएको छ ।  काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड हिनामिना प्रकरणमा संलग्न रहेको आरोप लागेको दिनदेखि नै उनी सम्पर्कविहीन छिन् । तर, उनले प्रतिनिधि सभा सदस्यका रुपमा पाउने सबै सुविधाहरू नियमित लिइरहेको पाइएको छ ।  […]

Apr 18, 2025 - 04:11
 0
सांसद फरार, तलब नियमित ! 

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नाम मुछिएपछि फरार प्रतिनिधि सभा सदस्य माया राईको तलब भने नियमित भुक्तानी भएको पाइएको छ । 

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड हिनामिना प्रकरणमा संलग्न रहेको आरोप लागेको दिनदेखि नै उनी सम्पर्कविहीन छिन् । तर, उनले प्रतिनिधि सभा सदस्यका रुपमा पाउने सबै सुविधाहरू नियमित लिइरहेको पाइएको छ । 

उनले तलबबापत ६६ हजार ७० रुपैयाँ, मासिक भत्ताबापत एक हजार रुपैयाँ, सञ्चार सुविधाबापत ३ हजार रुपैयाँ, पानीबापत दुई हजार रुपैयाँ गरी कुल ७२ हजार ७० रुपैयाँ मासिक रुपमा लिँदै आएको रेकर्डमा देखिएको छ । त्यसबाहेक उनले ८ महिनादेखि आवास र उपचार खर्चबापतको रकम पनि लिइरहेको देखिएको छ ।

यता संसद् सचिवालयले भने सांसद बैठकमा उपस्थित नभएकै आधारमा तलबभत्ता लगायतका सेवासुविधा रोक्न मिल्ने व्यवस्था नभएको जनाएको छ । 

८ महिनादेखि सम्पर्कविहीन सांसद राई आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म स्वर्णलक्ष्मी सहकारीको सञ्चालक थिइन् । उनी सञ्चालक रहेकै समयमा सहकारीमा भएको रकम हिनामिना प्रकरणमा उनी संलग्न रहेको आशंकाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेपछि उनी फरार छिन् । त्यसपछि उनी सार्वजनिक कार्यक्रम, प्रतिनिधि सभाको बैठक कतै पनि देखिएकी छैनन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register