महिलालाई तीन दिने उद्घोषण तालिम
बिर्तामोड, ५ बैशाख । झापा बिर्तामोडमा महिलालाई तीन दिने उद्घोषण तालिम दिइएको छ । श्री छठ महिला मञ्च बिर्तामोडको आयोजनामा महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धिका लागि तीन दिने उद्घोषण तालिम दिइएको हो । बैशाख २ गतेदेखि सुरु भएको तालिम बिहीबार समापन भएको हो । छठ सेवा समाज बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीको प्रमुख आतिथ्य तथा [...] The post महिलालाई तीन दिने उद्घोषण तालिम appeared first on Jhapa Online.

बिर्तामोड, ५ बैशाख । झापा बिर्तामोडमा महिलालाई तीन दिने उद्घोषण तालिम दिइएको छ ।
श्री छठ महिला मञ्च बिर्तामोडको आयोजनामा महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धिका लागि तीन दिने उद्घोषण तालिम दिइएको हो । बैशाख २ गतेदेखि सुरु भएको तालिम बिहीबार समापन भएको हो ।
छठ सेवा समाज बिर्तामोडका अध्यक्ष रामेश्वर द्विवेदीको प्रमुख आतिथ्य तथा छठ महिला मञ्चकी अध्यक्ष निशा साह गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा स्वस्तीका आर्चायले प्रशिक्षण प्रदान गरेकी थिइन् ।
तालिमले महिलामा सामूहिक नेतृत्वको भावना र महिलाका मुद्दा उठान र कार्यक्रममा बोल्न सक्ने क्षमताको विकासमा सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको मञ्चको अध्यक्ष गुप्ताले बताइन् ।
समापन कार्यक्रममा प्रमुख अतिथि द्विवेदी, विशेष अतिथिहरु मधेशी महिलाकी अगुवा द्रौपदी गणेश, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम, छठ सेवा समाजका पूर्व अध्यक्षहरु प्रेमचन्द्र चौधरी, घनश्याम चौधरी, छठ युवा फ्रन्ट बिर्तामोडका अध्यक्ष अमरजीत साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तालिममा सहभागीका तर्फबाट सीमा जैसवाल, निकिता साह र संगीता चौधरीले तालिम उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका थिए ।
स्वागत संगीता प्रधानले गरेको कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव रेनुका महतोले गरेकी थिइन् । तालिममा ३५ जना सहभागी थिए ।
The post महिलालाई तीन दिने उद्घोषण तालिम appeared first on Jhapa Online.
What's Your Reaction?






