निजामती सेवा ऐन जारी गर्न दबाब दिँदै समितिका सभापति र दुई मन्त्रीलाई ट्रेड युनियनको पत्र

काठमाडौं । निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै संयुक्त ट्रेड युनियनले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सम्बन्धित व्यक्तिलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घीय संरचनाअनुसार निजामती प्रशासनलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले सङ्घीय निजामती सेवा ऐन आवश्यक रहेको भन्दै ट्रेड युनियनले ऐनको खाका तयार गरी तत्काल प्रक्रिया अघि बढाउन माग गरेका […]

Apr 18, 2025 - 06:44
 0
निजामती सेवा ऐन जारी गर्न दबाब दिँदै समितिका सभापति र दुई मन्त्रीलाई ट्रेड युनियनको पत्र

काठमाडौं । निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै संयुक्त ट्रेड युनियनले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सम्बन्धित व्यक्तिलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्घीय संरचनाअनुसार निजामती प्रशासनलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले सङ्घीय निजामती सेवा ऐन आवश्यक रहेको भन्दै ट्रेड युनियनले ऐनको खाका तयार गरी तत्काल प्रक्रिया अघि बढाउन माग गरेका हुन् । 

ट्रेड युनियनका प्रतिनिधिहरूले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका थिए । त्यसपछि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री तथा मुख्य सचिवलाई समेत मागसहितको ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्रमा निजामती सेवा ऐनमार्फत कर्मचारीहरूको सेवा सर्त, स्थानान्तरण, बढुवा, सुरक्षासम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने, कर्मचारीको हक–अधिकार सुनिश्चित गर्नुपर्ने र संघीय संरचनाअनुरूप प्रशासनिक ढाँचा पुनर्संरचना गर्नुपर्ने माग समावेश गरिएको छ ।

ज्ञापनपत्र –    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register