एसईईलाई लक्षित गरी दुवै समूहले पछि सारे प्रदर्शनको समय

काठमाडौं । गणतन्त्रवादी र राजसंस्थावादी दुवैले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई मध्यनजर गर्दै प्रदर्शनको समय पछि सारेका छन् । आज (शुक्रबार) काठमाडौंमा प्रदर्शनको तयारी गरिरहेका उनीहरूले प्रदर्शन मध्यान्ह १२ बजेदेखि सुरु गर्ने बताएका छन् । यसअघि बिहान ११ बजेका लागि समय तय गरिएको थियो । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले पहिले ११ […]

Mar 28, 2025 - 05:02
 0
एसईईलाई लक्षित गरी दुवै समूहले पछि सारे प्रदर्शनको समय

काठमाडौं । गणतन्त्रवादी र राजसंस्थावादी दुवैले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई मध्यनजर गर्दै प्रदर्शनको समय पछि सारेका छन् ।

आज (शुक्रबार) काठमाडौंमा प्रदर्शनको तयारी गरिरहेका उनीहरूले प्रदर्शन मध्यान्ह १२ बजेदेखि सुरु गर्ने बताएका छन् । यसअघि बिहान ११ बजेका लागि समय तय गरिएको थियो ।

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले पहिले ११ बजे तय भएको कार्यक्रम सारिएको जानकारी दिए । भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने तय भएको उनले बताए ।

यस्तै एसईई परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालले मोर्चाले शुक्रबार भृकुटीमण्डपमा हुने प्रदर्शनलाई १२ बजे सारिएको एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य लक्ष्मण केसीले जानकारी दिए ।

देशमा आज गणतन्त्र भर्सेस राजतन्त्रको स्थिति देखा पर्ने भएको छ ।

गणतन्त्र र राजतन्त्र पक्षधर दुवैले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् ।

भृकुटीमण्डपमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा राजसंस्था पक्षधरले प्रदर्शन गर्दैछन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेका हुन् ।

बिहीबार मात्रै समितिका संयोजक सुवेदीले प्रसाईंलाई आन्दोलनको कमान्डर तथा स्वागत नेपाललाई प्रवक्ता तोकेका थिए । दुवै पक्षले आज सडकमा विशाल जनसागर उतार्ने दाबी गरिरहेका छन् ।

समाजवादी मोर्चाले अहिले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृह अगाडिको मुख्य सडकमै स्टेज निर्माण गरिरहेको छ । सवारीसाधन भने बिहानैदेखि डाइभर्ट गरिएको छ ।

सडकमा गणतन्त्र भर्सेस राजतन्त्र, सम्भावित मुठभेड रोक्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register