विषादी हालेर पकाइएका आँप कसरी चिन्ने ?

काठमाडौं । आँप धेरै मानिसको मनपर्ने फल हो । गर्मीको मौसम सुरु भएसँगै बजारमा आँप आउन थालेका छन् । तर, ख्याल गर्नुहोस् कतै तपाईंले विषादी राखेर पकाइएका आँप त खाँदै हुनुहुन्न ? बढ्दो माग पूरा गर्न बजारमा मिसावटी आँपहरू दोस्रो देशहरूबाट आउने गर्छन् । विषादी मिसाइएका यी आँपहरूले तपाईंको स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउन सक्छन् । […]

Apr 18, 2025 - 06:59
 0
विषादी हालेर पकाइएका आँप कसरी चिन्ने ?

काठमाडौं । आँप धेरै मानिसको मनपर्ने फल हो । गर्मीको मौसम सुरु भएसँगै बजारमा आँप आउन थालेका छन् ।

तर, ख्याल गर्नुहोस् कतै तपाईंले विषादी राखेर पकाइएका आँप त खाँदै हुनुहुन्न ? बढ्दो माग पूरा गर्न बजारमा मिसावटी आँपहरू दोस्रो देशहरूबाट आउने गर्छन् । विषादी मिसाइएका यी आँपहरूले तपाईंको स्वास्थ्यलाई गम्भीर हानि पुर्‍याउन सक्छन् ।

आँप पकाउन प्रयोग गरिने क्याल्सियम कार्बाइडमा क्यान्सरजन्य गुण हुन्छ र यसको प्रयोग प्रायः वेल्डिङमा गरिन्छ । यस विषादीबाट पकाइएका आँप खाँदा बान्ता हुने, पखाला लाग्ने, थकान, छालामा दाग देखिने, आँखामा स्थायी क्षति र सास फेर्न कठिनाइ हुन सक्छ । आज हामी तपाईंलाई विषादी प्रयोग गरेर पकाइएका आँपहरू कसरी चिन्ने त्यसबारे बताउनेछौँ ।

गन्ध सुँघेर

प्राकृतिक रूपमा पाकेका आँपमा मिठो, फलजस्तो सुगन्ध हुन्छ, जबकि कृत्रिम तरिकाले विषादी प्रयोग गरेर पकाइएका आँपमा विषादीजस्तो वा फरक गन्ध हुन सक्छ ।

दाग वा खोस्रिएको जाँच

यदि आँपमा विषादीको इन्जेक्सन दिइएको छ भने यसका कारण बाहिरी भागमा खोस्रिएको वा दागहरू देखिन सक्छ । यस्तो अवस्थामा आँप खानबाट बच्नुहोस् । प्राकृतिक रूपमा पाकेका आँपमा यस्ता बाहिरी दागहरू हुने सम्भावना कम हुन्छ ।

आँपको कडापन जाँच्नुहोस्

कृत्रिम तरिकाले पकाइएका आमहरू प्राकृतिक रूपमा पाकेका आमहरूको तुलनामा नरम वा गुदीयुक्त हुन सक्छ । यसो हुनुको कारण हो कि पकाउने प्रक्रियामा प्रयोग हुने विषादीले फलको कोशिकाहरू तोड्दछ, जसले गर्दा आँप नरम हुन्छ ।

बेकिङ सोडाको प्रयोग गर्नुहोस्

पानीमा केही बेकिङ सोडा मिसाउनुहोस्, र त्यसपछि आँपलाई यसमा १५–२० मिनेटसम्म भिजाउनुहोस् । भिजाएपछि आँपलाई धुनुहोस् र यदि आँपको रङ्ग परिवर्तन भएमा तिनीहरू विषादी प्रयोग गरेर पकाइएका वा पोलिस गरिएको आँप हुन सक्छ ।

बोक्राको रङ्ग जाँच्नुहोस्

कृत्रिम रूपमा पकाइएका आँपको रङ्ग एकनासको हुन्छ र प्राकृतिक तरिकाले पाकेका आमहरूको तुलनामा बढी पहेँलो वा सुन्तला रङ्गका देखिन सक्छन् । साथै, यस्ता आँपहरू केही बढी चम्किला पनि देखिन सक्छ ।

चाखेर हेर्नुहोस्

यदि कुनै आँप विषादीले पकाइएको छ भने, यसको स्वाद फिक्का हुन सक्छ । यदि आँपको स्वाद नराम्रो छ वा खाएपछि त्यसको स्वाद नराम्रो लाग्छ भने त्यो कृत्रिम तरिकाले पकाइएको हो ।

पानीमा भिजाएर हेर्नुहोस्

विषादी मिसाइएका आँप पहिचान गर्न आँपहरूलाई पानीको एक बाल्टीमा राख्नुहोस् । यदि आँपहरू डुब्यो भने तिनीहरू प्राकृतिक रूपमा पाकेका हुन् । यदि तिनीहरू पानीमा तैरिए भने, तिनीहरूलाई विषादीको सहायताले पकाइएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register