हमासले अस्वीकार गर्‍यो इजरायलको नयाँ युद्धविराम प्रस्ताव

काठमाडौं । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ । हमासले बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ । हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडिओमार्फत आफ्नो बयान जारी गरे । “हामी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक एजेन्डा पूरा गर्ने […]

Apr 18, 2025 - 07:14
 0
हमासले अस्वीकार गर्‍यो इजरायलको नयाँ युद्धविराम प्रस्ताव

काठमाडौं । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ ।

हमासले बाँकी रहेका सबै बन्धकहरूको रिहाइ र प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा युद्ध अन्त्य गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ ।

हमासका प्रमुख वार्ताकार खलील अल-हय्याले भिडिओमार्फत आफ्नो बयान जारी गरे । “हामी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक एजेन्डा पूरा गर्ने कुनै पनि सम्झौता स्वीकार गर्दैनौं,” उनले भने ।

इजरायलले दश बन्धकहरूको रिहाइको बदलामा ४५ दिनको युद्धविरामको आह्वान गरेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टा अघि इजरायली हवाई आक्रमणमा ३७ जनाको मृत्यु भएको बताएको थियो । यद्यपि, इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही भनेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register