टुँडिखेलमा आज पाँच हजारभन्दा बढी विद्यार्थीको संस्कृति ज्ञान परीक्षा हुँदै

काठमाडौं । देशभर चलिरहेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाअन्तर्गत टुँडिखेलमा आज (बिहीबार) पाँच हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाउँदैछन् । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक हिन्दू स्वयंसेवक सङ्घ नेपालले जनाएको छ । परीक्षा गर्न पाँच हजारभन्दा बढी विद्यार्थीका लागि मञ्च, कुर्सी, शौचालयलगायत सबै तयारी पूरा गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले […]

Feb 14, 2025 - 02:54
 0
टुँडिखेलमा आज पाँच हजारभन्दा बढी विद्यार्थीको संस्कृति ज्ञान परीक्षा हुँदै

काठमाडौं । देशभर चलिरहेको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाअन्तर्गत टुँडिखेलमा आज (बिहीबार) पाँच हजारभन्दा बढी विद्यार्थीले सहभागिता जनाउँदैछन् । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक हिन्दू स्वयंसेवक सङ्घ नेपालले जनाएको छ ।

परीक्षा गर्न पाँच हजारभन्दा बढी विद्यार्थीका लागि मञ्च, कुर्सी, शौचालयलगायत सबै तयारी पूरा गरिएको छ ।

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने ज्ञान परीक्षामा नेपालको इतिहास, भूगोल, संस्कृति, धर्म, परम्परा, वैदिक ज्ञानलगायत प्रश्न सोधिने बुझिएको छ । यसका लागि ८०० प्रश्नसहितको पुस्तक विद्यार्थीले प्राप्त गरी अध्ययन गरिरहेका छन् ।

संस्कृति ज्ञान परीक्षामा प्रथम हुनेले ५१ हजार, द्वितीयले ३१ हजार, तृतीयले २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । । ५० जनाले सान्त्वना पुरस्कारवापत् प्रतिविद्यार्थी एक–एक हजार प्राप्त गर्नेछन् ।

परीक्षाको नतिजा घोषणा पनि परीक्षा सकिएको एक घण्टाभित्र सार्वजनिक गरी पुरस्कार वितरण हुनेछ ।

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हिन्दू स्वयंसेवक सङ्घले प्रत्येक वर्ष गर्दै आएको छ । अहिले देशभर जिल्ला र पालिका तहमा परीक्षा हुने क्रम जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register