परराष्ट्रमन्त्री राणाको निर्देशन : तातोपानी नाकालाई थप व्यवस्थित गर्नू

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भोटेकोशी गाउँपालिका वडा नम्बर–२ स्थित तातोपानी धारामा निर्मित स्नानगृहको शुक्रबार उद्घाटन गरेकी छिन् । नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाको लगानीमा स्नानगृह निर्माण गरिएको हो । तातोपानीमा हाल पुराना सातवटा धारा छन् भने नवनिर्मित भवनमा ४७ बाथटव निर्माण गरिएको छ । यहाँ प्रायः […]

Apr 18, 2025 - 14:08
 0
परराष्ट्रमन्त्री राणाको निर्देशन : तातोपानी नाकालाई थप व्यवस्थित गर्नू

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भोटेकोशी गाउँपालिका वडा नम्बर–२ स्थित तातोपानी धारामा निर्मित स्नानगृहको शुक्रबार उद्घाटन गरेकी छिन् ।

नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाको लगानीमा स्नानगृह निर्माण गरिएको हो ।

तातोपानीमा हाल पुराना सातवटा धारा छन् भने नवनिर्मित भवनमा ४७ बाथटव निर्माण गरिएको छ । यहाँ प्रायः कात्तिक महिनादेखि चैतसम्म दैनिक एक हजारसम्म पर्यटक तातोपानी धारामा स्नान गर्न आउने गरेका छन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री राणाले सीमानाका र सडकको स्तरोन्नति तथा विकासका लागि आवश्यक पहल गर्ने जानकारी पनि दिएकी थिइन् । उनले पर्यटन प्रवर्द्धनका हिसाबले पनि सो नाका महत्त्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीयस्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्री राणाले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं–कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरूको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने सो अवसरमा बताइन् । मन्त्री राणाले यस विषयमा सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालासँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी थिइन् ।

यसैबीच परराष्ट्रमन्त्री राणाले शुक्रबार सिन्धुपाल्चोकको तातोपानी नाका तथा यहाँस्थित भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिइन् । वार्षिक रु २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रूपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी उनले सो निर्देशन दिएकी हुन् ।

यसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री राणाले सो अवसरमा बताएकी थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register