प्रधानमन्त्रीद्वारा डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण

Jun 6, 2023 - 05:29
 0
प्रधानमन्त्रीद्वारा डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्रीद्वारा डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन हुनुभएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । 

यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उहाँको निधन भएको थियो । 
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1