लक्ष्मी सनराइज बैंकको नाफा टुच्च बढ्यो, ईपीएस घट्यो, निष्क्रिय कर्जा झन् बढ्यो (विवरणसहित) 

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार खुद नाफा सामान्य बढेको छ ।  चैत मसान्तसम्म बैंकले १ अर्ब ६५ ६५ करोड २१ लाख खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा २.२४ प्रतिशत बढी हो । जबकी गत […]

Apr 20, 2025 - 03:35
 0
लक्ष्मी सनराइज बैंकको नाफा टुच्च बढ्यो, ईपीएस घट्यो, निष्क्रिय कर्जा झन् बढ्यो (विवरणसहित) 

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार खुद नाफा सामान्य बढेको छ । 

चैत मसान्तसम्म बैंकले १ अर्ब ६५ ६५ करोड २१ लाख खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा २.२४ प्रतिशत बढी हो । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकले कुल १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.३१ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज भने घटेको छ । इम्पेयरमेन्ट चार्ज घटेकै कारण बैंकको खुद नाफा सामान्य बढेको हो । यस अवधिमा बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशतले बढेर २ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । 

ेइम्पेयरमेन्ट चार्ज घटेकै कारण नाफा सामान्य बढेको बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । यस अवधिमा बैंकको ईपीएस ९ रुपैयाँ २९ पैसाबाट घटेर ९ रुपैयाँ ०५ पैसा कायम भएको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात पनि बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको निष्क्रिय कर्जा ५.४९ प्रतिशतबाट बढेर ५.८६ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register