कामना सेवा विकास बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, १९ प्रतिशत लाभांश दिने क्षमता (थप विवरणसहित) 

काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार चैत मसान्तसम्म बैंकले कुल ४९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ४८.८३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड १४ […]

Apr 20, 2025 - 05:47
 0
कामना सेवा विकास बैंकको नाफासँगै ईपीएस पनि बढ्यो, १९ प्रतिशत लाभांश दिने क्षमता (थप विवरणसहित) 

काठमाडौँ । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार चैत मसान्तसम्म बैंकले कुल ४९ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ४८.८३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ५८ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले १८.९८ प्रतिशत लाभांश क्षमता बनाएको छ । 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३२.४४ प्रतिशतले बढेर ७१ करोड ६१ रुपैयाँ पुगेको छ भने बैंकले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४.१४ प्रतिशत धेरै हो । 

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस १३ रुपैयाँ ४७ पैसाबाट बढेर १८ रुपैयाँ ७३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २२ पैसा रहेको छ । समीक्षा अवधिसम्म बैंकले ६१ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

बैंकको कर्जा–निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ । सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७० अर्ब २७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा ६७ अर्ब १९ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यापार विस्तार बढेको देखिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register