राप्रपा नेताहरूसँग पूर्वराजाको भेट : जनआन्दोलन समिति गठनप्रति अनविज्ञता, प्रसाईंलाई कमान्डर नतोकेको प्रष्टीकरण

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले सो दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् । नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न भन्दै पूर्वराजाले निर्मल निवासमा राप्रपाका सातजना नेतालाई शनिबार ‘लन्च मिटिङ’मा बोलाएका हुन् । उक्त भेटवार्तामा दुईवटा पूर्वराजा शाहले दुईवटा विषय राखेको राप्रपाका एक नेताले नेपालभ्युजलाई […]

Apr 20, 2025 - 05:59
 0
राप्रपा नेताहरूसँग पूर्वराजाको भेट : जनआन्दोलन समिति गठनप्रति अनविज्ञता, प्रसाईंलाई कमान्डर नतोकेको प्रष्टीकरण

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा गर्न लागेको प्रदर्शनको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले सो दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन् ।

नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न भन्दै पूर्वराजाले निर्मल निवासमा राप्रपाका सातजना नेतालाई शनिबार ‘लन्च मिटिङ’मा बोलाएका हुन् ।

उक्त भेटवार्तामा दुईवटा पूर्वराजा शाहले दुईवटा विषय राखेको राप्रपाका एक नेताले नेपालभ्युजलाई जानकारी दिए ।

सो भेटका क्रममा पूर्वराजा शाहले राजसंस्था पुनस्र्थापनाको आन्दोलनको नेतृत्व राप्रपाले नै गर्नुपर्ने बताएका ती नेताले दाबी गरे । ‘भेटमा उहाँले आन्दोलन नभई ‘जनताको भावना’को नेतृत्व गर्नुपर्ने शब्दावली प्रयोग गर्नुभयो,’ तीन नेताले भने ।

भेटका अवसरमा पूर्वराजा शाहले संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य पुनस्र्थापनाका संयुक्त जनआन्दोलन समितिको गठनप्रति अनविज्ञता प्रकट गरेको ती नेताको दाबी छ । साथै पूर्वराजाले तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईँलाई आफूले जनकमान्डर नतोकेकोसमेत प्रष्टीकरण दिएको उनको भनाइ छ ।

तीनकुने घटनामा दुई जनाको मृत्यु भएकोप्रति पूर्वराजा शाहले चिन्ता व्यक्त गरेपछि राप्रपा नेताहरूले नवराज सुवेदी संयोजकत्वको समितिबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा उनले आफ्नो निर्देशनमा नभएको बताएका हुन् ।

‘मैले कुनै समिति बनाउन निर्देशन दिएको या संयोजक तोकेको छैन, कसैलाई जनकमान्डर बनाएको होइन’, शाहको भनाइ उद्धृत गर्दै भेटमा सहभागी राप्रपाका एक नेताले भने ।

सुवेदी नजरबन्दमा परेपछि आन्दोलन समितिको संयोजक डा. जगमान गुरुङ तोकिएका छन् । यसमा पनि आफ्नो कुनै निर्देशन नरहेको पूर्वराजा शाहले दाबी गरे ।

राजसंस्था पुर्नस्थापनाको आन्दोलनको नेतृत्व कसले गर्ने भन्नेमा सहमति नभएपछि पञ्चायतकालका मन्त्रीसुवेदीलाई संयोजक बनाइएको थियो ।

यसप्रति राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रश्न उठाउँदै आएका थिए । सुवेदीको नेतृत्वको आन्दोलनमा उनी सहभागीसमेत भएका थिएनन् । त्यसमा सहभागी भएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर राणा अहिले प्रहरीको हिरासतमा छन् ।

गणतन्त्र पक्षधर दलहरूले चैत १५ गतेको घटनाको जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताइरहेका बेला उनले सुवेदीलाई संयोजक र प्रसाईंलाई कमान्डर तोकिएको विषयमा अनविज्ञता व्यक्त गरेका हुन् ।

राजसंस्था पक्षधर दल राप्रपाले आज (आइतबार) काठमाडौंको बिजुलीबजारलगायत ठाउँमा विरोध प्रदर्शन गर्दैछ । सामूहिक गिरफ्तारी दिँदै आन्दोलनलाई थप सशक्त बनाउने रणनीति लिएको राप्रपाले निषेधित क्षेत्र तोड्ने तयारी गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register