घुस खाएको पुष्टि भएपछि कारवाहीमा परेका नेपाल बैंकका पूर्वसञ्चालक फरार !

काठमाडौँ । कर्जा प्रवाह गर्दा ऋणीसँग घुस खाएको पुष्टि भएपछि कारवाहीमा परेका नेपाल बैंकका पूर्वसञ्चालक डा. चन्द्र बहादुर अधिकारी फरार भएका छन् । घुस खाएको पुष्टि गर्दै राष्ट्र बैंकले कारवाही गरेपछि उनी फरार भएका हुन् ।  बैंकको पूर्वअध्यक्षसमेत रहेका अधिकारीका नाममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले समेत सात दिने सूचना जारी गरेको छ । अख्तियारको पत्र […]

Apr 21, 2025 - 10:25
 0
घुस खाएको पुष्टि भएपछि कारवाहीमा परेका नेपाल बैंकका पूर्वसञ्चालक फरार !

काठमाडौँ । कर्जा प्रवाह गर्दा ऋणीसँग घुस खाएको पुष्टि भएपछि कारवाहीमा परेका नेपाल बैंकका पूर्वसञ्चालक डा. चन्द्र बहादुर अधिकारी फरार भएका छन् । घुस खाएको पुष्टि गर्दै राष्ट्र बैंकले कारवाही गरेपछि उनी फरार भएका हुन् । 

बैंकको पूर्वअध्यक्षसमेत रहेका अधिकारीका नाममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले समेत सात दिने सूचना जारी गरेको छ । अख्तियारको पत्र अनुसार उनी आउँदो सोमबारसम्म अख्तियारमा उपस्थित भइसक्नुपर्नेछ ।  

अख्तियारले अधिकारीका नाममा सोमबार नै सात दिने सूचना निकालेको थियो । सोमबार नै राष्ट्र बैंकले उनले घुस लिएको पुष्टि गर्दै ५ लाख जरिवाना तिराउने र पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । 

यता राष्ट्र बैंकले घुस खाएको पुष्टि गर्दै कारवाहीको पत्र पठाउनु र अख्तियारले सूचना निकाल्नू एकैदिन परेपछि अधिकारी सम्पर्कविहीन भएका छन् । उनले बैंकबाट ऋण मिलाइदिने भन्दै ऋणीसँग घुस लिएको र उक्त घुसबापतको रकम लिन ड्राइभरको खाता प्रयोग गरेको पुष्टि भएको छ । हाल अधिकारीको फोन अफ छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register