२८ सार्वजनिक संस्थान नाफामा, १६ वटा घाटामा 

काठमाडौँ । देशभर सञ्चालित ४५ सार्वजनिक संस्थानमध्ये २८ सार्वजनिक संस्थान नाफामा गएका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा २८ वटा संस्थान नाफामा गएको उल्लेख गरिएको छ ।  त्यस्तै, उक्त आर्थिक सर्वेक्षणमा १६ वटा सार्वजनिक संस्थान घाटामा गएको र दुई वटा संस्थान बन्द अवस्थामा रहेको पनि उल्लेख गरिएको छ ।  […]

May 29, 2025 - 09:56
 0
२८ सार्वजनिक संस्थान नाफामा, १६ वटा घाटामा 

काठमाडौँ । देशभर सञ्चालित ४५ सार्वजनिक संस्थानमध्ये २८ सार्वजनिक संस्थान नाफामा गएका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा २८ वटा संस्थान नाफामा गएको उल्लेख गरिएको छ । 

त्यस्तै, उक्त आर्थिक सर्वेक्षणमा १६ वटा सार्वजनिक संस्थान घाटामा गएको र दुई वटा संस्थान बन्द अवस्थामा रहेको पनि उल्लेख गरिएको छ । 

चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको खुद नाफा ४२ अर्ब ६२ करोड पुगेको छ । जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो ।

त्यस्तै, घाटामा रहेका संस्थानको खुद नोक्सानी ३ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register