शिक्षामन्त्रीबाट राजीनामा दिएलगत्तै विद्या भट्टराईले छाडिन् मन्त्री क्वार्टर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट सोमबार राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित सरकारी मन्त्री निवास छोडेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएपछि उनी सिधैं चाबहिलस्थित आफ्नो निजी निवासतर्फ गएको स्रोतले जनाएको छ। स्रोतका अनुसार, उनी बालुवाटारमा सहयोगीको गाडीमा आएकी थिइन्। मन्त्री भट्टराईले सरकारी गाडी भने मन्त्री क्वार्टरमै छोडेर गएकी छन्। उनले स्वास्थ्यको […]

Apr 21, 2025 - 17:01
 0
शिक्षामन्त्रीबाट राजीनामा दिएलगत्तै विद्या भट्टराईले छाडिन् मन्त्री क्वार्टर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट सोमबार राजीनामा दिएकी विद्या भट्टराईले भैंसेपाटीस्थित सरकारी मन्त्री निवास छोडेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएपछि उनी सिधैं चाबहिलस्थित आफ्नो निजी निवासतर्फ गएको स्रोतले जनाएको छ। स्रोतका अनुसार, उनी बालुवाटारमा सहयोगीको गाडीमा आएकी थिइन्।

मन्त्री भट्टराईले सरकारी गाडी भने मन्त्री क्वार्टरमै छोडेर गएकी छन्। उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी थिइन्। गत असार ३१ गते प्रधानमन्त्री ओलीले उनलाई मन्त्री नियुक्त गरेका थिए र उनले आठ महिनामै पदबाट राजीनामा दिएकी हुन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register