झ्याप-झ्याप बत्ती गएको विषयमा विद्युत् प्राधिकारणका प्रमुख शाक्यको टिप्पणी– यो हावाहुरीको समय हो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो समय नै यस्तै भएकाले बेलाबेला लाइन जाने गरेको बताएका छन् । शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले यो हावाहुरीको समय भएकाले बेलाबेला लाइन जाने गरेको बताएका हुन् । उनले लाइन जानुको कारणहरूमा हावाहुरीको समय, माग बढी हुँदा सिस्टममा परेको मारलगायतलाई औंलाएका छन् । […]

May 16, 2025 - 07:58
 0
झ्याप-झ्याप बत्ती गएको विषयमा विद्युत् प्राधिकारणका प्रमुख शाक्यको टिप्पणी– यो हावाहुरीको समय हो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो समय नै यस्तै भएकाले बेलाबेला लाइन जाने गरेको बताएका छन् । शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले यो हावाहुरीको समय भएकाले बेलाबेला लाइन जाने गरेको बताएका हुन् ।

उनले लाइन जानुको कारणहरूमा हावाहुरीको समय, माग बढी हुँदा सिस्टममा परेको मारलगायतलाई औंलाएका छन् ।

‘पहिला म आउँदा पनि यस्तै प्रश्न उठेको थियो । यो बेला हुरी बतासको समय छ, त्यसले तारहरू चुडिनसक्ने वा कहाँ केही हुनसक्ने हुँदा लाइन जान्छ । तर सबैतिर एकैचोटी लाइन जानु चाहिँ सिस्टम विक हुनु हो । सिस्टम सबल बनाउन फाइनान्स कम छ, यो अवरोध हटाउन म फरक तरिकाले लागिरहेको छु,’ उनले भने ।

बिहीबार साँझ भारतमा समस्या आउँदा ढल्केबर सवस्टेसनमा देखिएको समस्याका कारण नेपालका केही भाग करिब साढे २ घण्टा अन्धकारमय भएको थियो । त्यसपश्चात्, सामाजिक सञ्जालमा फेरि लोडसेडिङको सङ्केत भएको भन्दै शाक्यको व्यापक आलोचना भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register