प्लेअफको सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा मुम्बई र हैदराबाद

काठमाडौं । आईपीएल (IPL) मा बिहीबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा नेपाली समयअनुसार साँझ १९ः४५ बजेदेखि सुरु हुनेछ । जारी आईपीएलमा खेल्न लागिएको यो ३३औं खेल हो । मुम्बई र हैदराबाद यो सिजनको आईपीएलमा पहिलो पटक आपसमा भिड्न लागेका हुन् । जारी सिजनमा हैदराबाद र मुम्बई दुवैले निराशाजनक […]

Apr 17, 2025 - 07:52
 0
प्लेअफको सम्भावना कायम राख्न जित्नैपर्ने दबाबमा मुम्बई र हैदराबाद

काठमाडौं । आईपीएल (IPL) मा बिहीबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल मुम्बईस्थित वानखेड स्टेडियममा नेपाली समयअनुसार साँझ १९ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलमा खेल्न लागिएको यो ३३औं खेल हो । मुम्बई र हैदराबाद यो सिजनको आईपीएलमा पहिलो पटक आपसमा भिड्न लागेका हुन् ।

जारी सिजनमा हैदराबाद र मुम्बई दुवैले निराशाजनक प्रदर्शन गर्दै आएका छन् । यी दुवै टोलीले हालसम्म ६–६ खेल खेलेका छन् । दुवै टोलीको प्ले–अफ चरण यात्रा कठिन बन्दै गएको छ ।

मुम्बईले हालसम्म खेलेको ६ मध्ये केवल दुई खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । मुम्बई चार अङ्कसहित तालिकाको सातौँ स्थानमा आसिन छ । हैदराबादले पनि ६ मध्ये दुई खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । चार अङ्कसहित हैदराबाद नवौँ स्थानमा छ ।

हेड टू हेडमा मुम्बई अगाडि

आईपीएलमा हालसम्म मुम्बई र हैदराबादबीच कुल २३ खेल भएको छ । त्यसमा मुम्बई बलियो देखिन्छ । मुम्बईले १३ खेलमा हैदराबादलाई हराएको छ । हैदराबादले भने १० खेलमा मुम्बईलाई पराजित गरेको छ ।

वानखेड स्टेडियममा मुम्बई र हैदराबादबीच कुल आठ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा मुम्बई र दुई खेलमा हैदराबाद विजयी भएको छ ।

जारी सिजनको आईपीएलमा मुम्बईका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले हालसम्म खेलेको ६ खेलमा कुल दुई सय ३९ रन बनाएका छन् ।

मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने अराउन्डर हार्दिक पाण्ड्या हुन् । उनले पाँच खेलमा १० विकेट लिइसकेका छन् ।

यता, आईपीएलको जारी सिजनमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्राभिस हेड हुन् । उनले जारी हालसम्म ६ खेल खेल्दै कुल दुई सय १४ रन बनाएका छन् । यो सूचीमा दोस्रो स्थानमा रहेका अभिषेक शर्माले कुल एक सय ४१ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर हर्षल पटेल हुन् । उनले आठ विकेट लिएका छन् ।

ब्याट्सम्यानलाई साथ दिने पिच

वानखेड स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी रन बन्ने गरेको छ ।

यो स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय १८ खेल खेलिएको छ । त्यमध्ये ५५ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ६३ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर एक विकेट गुमाएर दुई सय ३५ रन हो । उक्त स्कोर सन् २०१५ मा बैङ्गलुरुले मुम्बईविरुद्ध बनाएको थियो ।

सम्भावित प्लेइङ-१२

मुम्बई : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, रायन रिकेल्टन, विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र आश्विनी कुमार ।

हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन, नितिशकुमार रेड्डी, हेनरिक क्लासन, अनिकेत वर्मा, हर्षल पटेल, जिशन अन्सारी, ईशान मालिङ्गा, मोहम्मद शामी र व्यान मुल्डर ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register