‘प्रहरी हुँ’ भन्दै रेष्टुरेन्टमा टन्न खाएर पैसा नतिर्ने व्यक्ति पक्राउ 

काठमाडौँ । पोखरामा ‘प्रहरी हुँ’ भन्दै रेष्टुरेन्टमा टन्न खाएर पैसा नतिर्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका-८ स्थित सृजना चोकस्थित ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा खाना खाएर पैसा नतिर्ने ३२ वर्षीय चद्रकान्त पौडेल पक्राउ परेका हुन् ।  उनले उक्त रेष्टुरेन्टमा खाना खाएर पैसा तिर्ने बेलामा आफू प्रहरी नायब उपरीक्षक (डिएसपी) भएको भन्दै पैसा तिर्न […]

Apr 22, 2025 - 04:38
 0
‘प्रहरी हुँ’ भन्दै रेष्टुरेन्टमा टन्न खाएर पैसा नतिर्ने व्यक्ति पक्राउ 

काठमाडौँ । पोखरामा ‘प्रहरी हुँ’ भन्दै रेष्टुरेन्टमा टन्न खाएर पैसा नतिर्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका-८ स्थित सृजना चोकस्थित ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा खाना खाएर पैसा नतिर्ने ३२ वर्षीय चद्रकान्त पौडेल पक्राउ परेका हुन् । 

उनले उक्त रेष्टुरेन्टमा खाना खाएर पैसा तिर्ने बेलामा आफू प्रहरी नायब उपरीक्षक (डिएसपी) भएको भन्दै पैसा तिर्न मानेका थिएनन् । पछि उनले उल्टै रेष्टुरेन्टका कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए । 

घटनाबारे थाहा पाएपछि पौडेललाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनिविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 

उनीविरुद्ध रेष्टुरेन्ट सञ्चालकले प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register