भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले संसद्मा जवाफ दिने ! 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिने भएको छन् । भिजिट भिसा प्रकरणमा आफ्नो नाम मुछिएपछि उनले आज (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा जवाफ दिने बताइएको छ ।  मूलतःः आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस […]

Jun 4, 2025 - 04:13
 0
भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले संसद्मा जवाफ दिने ! 

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिने भएको छन् । भिजिट भिसा प्रकरणमा आफ्नो नाम मुछिएपछि उनले आज (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा जवाफ दिने बताइएको छ । 

मूलतःः आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । 

तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न र गृहमन्त्रीको राजिनामा माग्दै विपक्षी दलले निरन्तर संसद्मा अवरोध गर्दै आएपछि गृहमन्त्रीले सो विषयमा संसद्मा जवाफ दिने तयारी गरेका हुन् । तर, विपक्षी दलहरुले भने २०६४ यताका गृहमन्त्रीहरुमाथि छानबिन गर्न सरकार तयार भए मात्रै गृहमन्त्रीलाई संसद्मा बोल्न दिने अडान लिएका छन् । 

यता भिजिट भिसा प्रकरणकै कारण संसद् अघि बढ्न नसक्ने स्थिति देखेको सरकारले विपक्षीको सो माग पूरा गरेर संसद्को गतिरोध हटाउने कि ! भन्ने विषयमा छलफल गरिरहेको बताइएको छ । 

त्यसबाहेक बुधबार संसद्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । यता अर्थमन्त्रीले राष्ट्रिय सभाको बैठकमा पनि ‘राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register