शिक्षामन्त्रीबाट विद्याको राजीनामापछि एमाले उपाध्यक्ष शाक्यको प्रश्न : उहाँलाई सहयोग किन भएन ?

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षा मन्त्रीबाट विद्या भट्टराईले असहयोगकै कारण राजीनामा दिएको इङ्गित गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले इमान्दार र नैतिकता उच्च भएको व्यक्तिले राजीनामा दिनुपरेको भन्दै प्रश्न उठाएकी छिन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुर्‍यो विद्या भट्टराई सक्षम, इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता […]

Apr 22, 2025 - 06:47
 0
शिक्षामन्त्रीबाट विद्याको राजीनामापछि एमाले उपाध्यक्ष शाक्यको प्रश्न : उहाँलाई सहयोग किन भएन ?

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षा मन्त्रीबाट विद्या भट्टराईले असहयोगकै कारण राजीनामा दिएको इङ्गित गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत उनले इमान्दार र नैतिकता उच्च भएको व्यक्तिले राजीनामा दिनुपरेको भन्दै प्रश्न उठाएकी छिन् । ‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुर्‍यो विद्या भट्टराई सक्षम, इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएकाले राजीनमा दिनुपरेको हो ?’ शाक्यको प्रश्न छ ।

शिक्षामन्त्रीलाई सहयोग नभएकोबारे पनि शाक्यले प्रश्न उठाएकी छिन् । ‘ उहाँलाई सहयोग किन भएन ?’ उनको प्रश्न छ ।

राजीनामाले भट्टराईको नैतिक धरातल झन उच्च भएको शाक्यको भनाइ छ । उनको इमान र नैतिकता सबैका लागि प्रेरणा बन्ने शाक्यले उल्लेख गरेकी छिन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको श्रृङ्खलाबद्ध असहयोग र अपमानका कारण भट्टराई राजीनमा दिन बाध्य भएकी थिइन् ।

शिक्षकहरूको आन्दोलनका माग सम्बोधनका लागि सात बुँदे प्रस्ताव तयार गर्दै स्रोत सुनिश्चितको बाटोमा अग्रसर हुँदा उनले बजेटका लागि साथ पाएकी थिइनन् ।

ओलीका ती अपमान : जसका कारण मन्त्री छाड्न बाध्य भइन् विद्या

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register