राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन

काठमाडौं । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको उपचारका क्रममा संयुक्त अधिराज्य अमेरिकामा असामयिक निधन भएको छ। प्रखर राष्ट्रवादी व्यक्तित्व अधिकारीको निधनले पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको राप्रपाले  जनाएको छ। एक असल, भद्र र इमानदार व्यक्तित्वको परिचय स्थापित गरेका अधिकारीको जन्म २०१३ सालमा सङ्खुवासभामा भएको थियो। उनको परिवारमा श्रीमती, एक छोरा र एक […]

Mar 21, 2025 - 14:15
 0
राप्रपा नेपालका प्रवक्ता अधिकारीको अमेरिकामा निधन

काठमाडौं । राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको उपचारका क्रममा संयुक्त अधिराज्य अमेरिकामा असामयिक निधन भएको छ। प्रखर राष्ट्रवादी व्यक्तित्व अधिकारीको निधनले पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको राप्रपाले  जनाएको छ।

एक असल, भद्र र इमानदार व्यक्तित्वको परिचय स्थापित गरेका अधिकारीको जन्म २०१३ सालमा सङ्खुवासभामा भएको थियो। उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्।

उनको निधनमा दुःख व्यक्त गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयहरूमा तीन दिन झण्डा झुकाउने र १३औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ।

स्वर्गीय अधिकारीको पार्थिव शरीरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिने पार्टीले जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register