ओलीको आक्रोश : मिडियाले शिक्षामन्त्रीको राजीनामाबारे योजनाबद्ध ढङ्गले लेखे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीबाट विद्या भट्टराईको राजीनामाबारे मिडियाले योजनाबद्ध रूपमा समाचार लेखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा उनले मिडियाले आश्चर्यजनक रूपमा आफूसँग दुश्मनी राखेको टिप्पणी गरे । ‘शिक्षामन्त्रीले स्वास्थ्यका कारण काम गर्न सक्नुभएन । मेराविरूद्ध मैले असहयोग गरेको भनेर सबै मिडियाका हेडलाइन छ । एकैठाउँ बसेर लेखेजस्तो । […]

Apr 22, 2025 - 11:17
 0
ओलीको आक्रोश : मिडियाले शिक्षामन्त्रीको राजीनामाबारे योजनाबद्ध ढङ्गले लेखे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीबाट विद्या भट्टराईको राजीनामाबारे मिडियाले योजनाबद्ध रूपमा समाचार लेखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा उनले मिडियाले आश्चर्यजनक रूपमा आफूसँग दुश्मनी राखेको टिप्पणी गरे । ‘शिक्षामन्त्रीले स्वास्थ्यका कारण काम गर्न सक्नुभएन । मेराविरूद्ध मैले असहयोग गरेको भनेर सबै मिडियाका हेडलाइन छ । एकैठाउँ बसेर लेखेजस्तो । टेलिफोन गरेर सबैले योजनाबद्ध ढङ्गले लेखेका छन्,’ उनले भने ।

शिक्षामन्त्रीले स्वास्थ्यका कारण राजीनामा दिएको उनले बताए । ‘एकजना मन्त्रीले राजीनामा दिनुभयो । प्रधानमन्त्रीले बसिखान दिनुभएन भनेर लेखेको छ । मैले काम लगाइराखेको छु । सिकाइराख्या छु । स्वास्थ्यका कारण काम गर्नसक्नुभएन । मेराविरूद्ध समाचार लेखियो,’ उनले भने ।

कतिपयले शिक्षामन्त्रीको नभएर प्रधानमन्त्रीको राजीनमा आउनुपर्ने टिप्पणी गरेको भन्दै ओली आक्रोशित भए । ‘कतिपय नयाँ भनिनेहरूले शिक्षामन्त्रीले होइन प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो भने । मेरो राजीनामा चाहिएको भए १५ महिना पर्खिनु,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register