कनकाईमा रास्वपाको ज्ञापन : विद्यार्थी भर्नादेखि नवीकरण ऊर्जा सञ्चालनमा ल्याउन माग

कनकाई, ९ बैशाख । झापाको कनकाई नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ बुँदे ज्ञापन पत्र बुझाएको छ । पार्टीले रास्वपाले आज कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई नगरमा विद्यमान जनसरोकारका विषयलाई समेटेर १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । रास्वपा कनकाईका नगर सभापति मोहन थापाको नेतृत्वमा रास्वपाका झापा सचिव सम्भू सुस्केरा, उपसभापति दिनानाथ खतिवडा, नगर [...] The post कनकाईमा रास्वपाको ज्ञापन : विद्यार्थी भर्नादेखि नवीकरण ऊर्जा सञ्चालनमा ल्याउन माग appeared first on Jhapa Online.

Apr 22, 2025 - 15:24
 0
कनकाईमा रास्वपाको ज्ञापन : विद्यार्थी भर्नादेखि नवीकरण ऊर्जा सञ्चालनमा ल्याउन माग

कनकाई, ९ बैशाख । झापाको कनकाई नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

पार्टीले रास्वपाले आज कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललाई नगरमा विद्यमान जनसरोकारका विषयलाई समेटेर १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । रास्वपा कनकाईका नगर सभापति मोहन थापाको नेतृत्वमा रास्वपाका झापा सचिव सम्भू सुस्केरा, उपसभापति दिनानाथ खतिवडा, नगर सचिव प्रेमप्रसाद भण्डारी, कनकाई २ का सभापति पुष्पराज गिरी, सचिव चन्द्रा बुढाथोकीको टोलीले नगरप्रमुख पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

“कनकाई नगरपालिकाले सम्पादन गरिहेका दैनिक जनसरोकारका सेवाहरु तथा राज्य स्रोतको सम्पत्ती र जनताबाट संकलित करको न्यायोचित बाडफाँड गरी आवश्यकता र प्राथमिकताको आधारमा लक्षित वर्गलाई न्याय पुग्ने गरी गरिनुपर्छ”, ज्ञापन पत्रमा भनिएको छ, “नगरपालिकाले अवलम्बन गर्ने नीति, बजेट बाँडफाँड महत्वपूर्ण, दूरगामी निर्णयहरुमा राजनीतिक पार्टीहरुको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने मागसहित ध्यानाकर्षण गराउँदछौं ।”

ज्ञापन पत्र बुझ्नु हुँदै नगर प्रमुख पोखरेलले नगरसँग सम्बन्धित कुरा भएकाले सो सम्बन्धमा आफू लागि पर्ने बताउनुभयो । नगरको विकासमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण रहने भएकाले सबैको सहयोगबाट मात्रै समृद्ध नगर बन्ने उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षका लागि बजेट बनाउने सन्दर्भमा चाँडै नगरका सबै राजनीतिक दलसँग छलफल गर्ने उहाँले बताउनुभयो ।

यस्ता छन् ज्ञापन पत्रका १३ बुँदा
— पेशागत हकहितका माग राखेर शिक्षकहरुले सञ्चालन गरिरहेको आन्दोलनप्रति राज्य गम्भीर बनेर उचित मागलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयको भर्ना समयमा नै सञ्चालन होस् तथा नयाँ शैक्षिक सत्रको पठन–पाठन सञ्चालन गर्ने गराउने वातावरण सिर्जना गर्न आवश्यक भूमिका निर्वाह गरियोस् ।

— सामुदायिक विद्यालयको शैक्षिक एवम् अन्य पक्षको व्यापक सुधारको लागि यथेष्ट बजेट विनियोजित गरियोस् । साथै संस्थागत विद्यालयसँग समेत सहकार्य गरी राज्यले निर्धारण गरेको गरीब तथा लक्षित वर्गले पाउनुपर्ने सुविधालाई समेत निश्चित गरियोस् ।

— नगर अस्पतालको भौतिक निर्माणलाई चाँडो सम्पन्न गरियोस् । साथै २४ सै घण्टा स्वास्थ्य उपचार पाउने व्यवस्था गरिनुका साथै आइसीयू, सीसीयू लगायतका सुविधा उपलब्ध गराइयोस् ।

— कृषि, व्यापार, व्यवसाय, उद्योग सञ्चालन गरिरहेका नागरिकलाई प्रोत्साहान गर्ने कार्यक्रम सञ्चालन गरियोस् ।

— बजेटको वाडफाँट गर्दा जनजिवीकाको प्रत्यक्ष सरोकार रहेन र आयआर्जन बृद्धि गरी जीवनस्तर सुधार हुन सक्ने क्षेत्रको खोजी गरी गरियोस । साथै अनुगमन, निरीक्षणलाई प्रभावकारी बनाइयोस् ।

— प्राकृतिक सम्पदा, धार्मिक एवम् पर्यटकीय सम्पदा, कला एवम् संस्कृति, सार्वजनिक सम्पत्तिको संरचना एवम् सम्बद्र्धनका लागि विशेष योजना तथा कार्यक्रम ल्याइयोस् ।

— जनताले तिरेको कर र त्यसबाट लक्षित समुदायले प्राप्त गरेको प्रतिफलको बारेमा समिक्षा गरी प्रतिफलविहीन र अनावश्यक खर्चलाई कटौती गरी सही सदुपयोग गरियोस् ।

— युवा, बालबालिका, अपांगता भएका समूह, एकल महिला, ज्येष्ठ नागरिकहरुको संरक्षण र क्षमता सीपको उपयोग हुने र सुरक्षा हुने तथा संरक्षणका क्षेत्रहरु पहिचान गरी कार्यक्रममा समावेश गरिनुपर्छ ।

— लागुऔषध दुव्र्यसनी रोकथाम गर्दै खेलकूदको विकास र उदयमान खेलाडीहरुको क्षमतालाई पहिचान र व्यवसायीक बनाउन प्रोत्साहन उन्मुख कार्यक्रम ल्याइयोस् ।

— सडक दुर्घटना न्यूनीकरणका लागि ठोस योजना र कार्यक्रम सञ्चालन गरियोस् ।

— सुरुंगाको तल्लो बजारको समस्यालाई छिटो भन्दा छिटो व्यवस्थित गर्नुपर्ने ।

— कनकाई न.पा.२ मा रहेको ऊर्जालाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याइयोस् ।

— कनकाईमा रहेका पर्यटकीय क्षेत्र सिमसार, धार्मिक स्थल कोटीहोम, धनुषकोटी धामलाई उचित बजेटको व्यवस्थापन गरियोस् ।

The post कनकाईमा रास्वपाको ज्ञापन : विद्यार्थी भर्नादेखि नवीकरण ऊर्जा सञ्चालनमा ल्याउन माग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register