जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु

एजेन्सी। भारतको जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीसहित २६ जनाको मृत्यु भएको हो। मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको सञ्चार माध्यमहरूले जनाएका छन्। गोली चलेको […]

Apr 22, 2025 - 19:16
 0
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु

एजेन्सी।

भारतको जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मंगलबार दिउँसो पहलगमको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गर्दा एक नेपालीसहित २६ जनाको मृत्यु भएको हो।

मृतकमध्ये अहिलेसम्म दुई जना विदेशी नागरिक, एक नौसेना जवान र दुई जना स्थानीयको पहिचान खुलेको सञ्चार माध्यमहरूले जनाएका छन्।

गोली चलेको आवाज सुनेपछि सुरक्षाकर्मीहरू पहलगम पुगेका थिए। मिनी स्विट्जरल्यान्ड भनेर चिनिने पर्यटकीय क्षेत्र पहलगम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ। यो पर्यटकहरूबीच लोकप्रिय गन्तव्यस्थल हो। घटनास्थलसम्म हिँडेर वा घोडाबाट मात्र जान मिल्ने भएकाले उद्धार काम कठिन भएको अधिकारीहरूले बताएका छन्।

घटनामा घाइते भएका कम्तीमा १२ जना अस्पतालमा भर्ना भएको र उनीहरूको अवस्था सामान्य रहेको स्थानीय डाक्टरले बताएका छन्।

‘द रेसिस्टेन्ट फ्रन्ट’ नामक समूहले घटनाको जिम्मेवारी लिएको बताइएको छ।

यो आक्रमण विगत केही वर्षयताकै सबैभन्दा ठूलो नागरिकमाथिको आक्रमण भएको अधिकारीहरूले बताएका छन्।

हाल साउदी अरबको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे गृहमन्त्री अमित शाहसँग कुराकानी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। घटनाको निन्दा गर्दै उनले यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने बताएका छन्।

गृहमन्त्री अमित शाह घटनास्थलतर्फ गएका र उनले पनि दोषीलाई कडा सजाय दिने चेतावनी दिएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register