अफगानिस्तान कब्जा गरेको तालिबान सत्तालाई मान्यता दिलाउने हतारमा पाकिस्तान 

तालिबान आफैंले पनि आफ्ना व्यवहारमा सुधार गरेर मात्र मान्यता दिन शर्त राखिरहेको अवस्थामा पाकिस्तानले भने अन्तर्राष्ट्रि समुदायसँग अपिल गरेर मान्यता दिलाउन लागिरहेको छ। तालिबानले एक समावेशी सरकारको प्रतिज्ञा गरेको थियो जसमा गैर तालिबान, विशेष गरी जातीय अल्पसंख्यक र महिलाहरुको प्रतिनिधि हुने बताएको थियो। 

Oct 12, 2021 - 15:41
Oct 12, 2021 - 17:38
 0
अफगानिस्तान कब्जा गरेको तालिबान सत्तालाई मान्यता दिलाउने हतारमा पाकिस्तान 

काबुल। अफगानिस्तानमा कब्जा गरेको तालिबानी सत्तालाई मान्यता दिलाउन पाकिस्तान हतारमा रहेको देखिन्छ। अफगानिस्तानमा नयाँ तालिबान शासनलाई मान्यता दिनको लागी आफुलाई रोकिरहेको पाकिस्तान कुनै न कुनै रुपमा केयरटेकर इस्लामिक इमिरेटलाई मान्यता दिलाउने र अन्तर्राष्ट्रिय स्वीकार्यताका लागि पहल गरिरहेको छ।

पउल एन्टोनोपोलोसले ग्रीकसिटी टाइम्समा एक लेख लेख्दै पाकिस्तानी मन्त्रीले खुलेआम तालिबान शासनको प्रशंसा गरिरहेको र नयाँ शासनलाई मान्यता दिन अन्तर्राष्ट्रि समुदायलाई अपिल गरिरहेको कुराले पनि पाकिस्तान हतारमा रहेको बुझ्न सकिने बताएका छन्। 

तालिबान आफैंले पनि आफ्ना व्यवहारमा सुधार गरेर मात्र मान्यता दिन शर्त राखिरहेको अवस्थामा पाकिस्तानले भने अन्तर्राष्ट्रि समुदायसँग अपिल गरेर मान्यता दिलाउन लागिरहेको छ। तालिबानले एक समावेशी सरकारको प्रतिज्ञा गरेको थियो जसमा गैर तालिबान, विशेष गरी जातीय अल्पसंख्यक र महिलाहरुको प्रतिनिधि हुने बताएको थियो। 

यो शर्त पूरा नभएसम्म काबुलका लागि अन्तर्राष्ट्रिय उडानहरु नखोल्ने अनौपचारिक सम्झौता भएको थियो। तर पाकिस्तानले सेप्टेम्बर १३ मा पहिलो पीआईए (पाकिस्तान इन्टरनेशनल एयरलाइन्स) को उडान पठाएर र यसको प्रचार गरी यसको उल्लंघन गरेको देखिएको ग्रीक सिटी टाइम्सले जनाएको छ। 

जबकि पाकिस्तान आधिकारिक रूपमा पूर्व शर्तमा जोड दिएको र अनौपचारिक तर्क मिडियाको माध्यम बाट बनाइएको बताइएको छ।  उदाहरणका लागि डन अखबारले आफ्नो सम्पादकीयमा तर्क गरेको छ कि साउदी अरेबियासँग व्यवहार गर्नमा कुनै आशंका नभएको बताइएको छ। 

जबकि ओआईसीले अडान लिएको छैन, रियादले एक बयान जारी गरेको छ जुन तालिबानलाई समावेशी बनाउन वा आफ्नो सरकारमा महिलाहरुलाई समावेश गर्न नचाहेको प्रस्ट हुन्छ। 

तालिबान सरकारलाई संयुक्त राष्ट्रसंघले आफ्नो ७६ औं महासभामा पनि प्रतिबन्ध लगाएको थियो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register