विद्यालयको तालाचाबी बोकेर २४ घण्टाभित्र आन्दोलनमा आउन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौँको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् । ‘नेपाल शिक्षक महासंघको दोस्रो […]

Apr 23, 2025 - 03:57
 0
विद्यालयको तालाचाबी बोकेर २४ घण्टाभित्र आन्दोलनमा आउन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका विद्यालय कर्मचारीलाई २४ घण्टाभित्र चाबी बोकेर काठमाडौँको आन्दोलनमा उपस्थित हुन निर्देशन दिएको छ ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहका कार्यसमिति तथा सबै विद्यालयका कर्मचारीलाई तत्काल आन्दोलनमा जुट्न उर्दी जारी गरेका हुन् ।

‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी रहँदा कतिपय विद्यालय कर्मचारी विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर आएको छ ।’, परिषद्ले जारी गरेको परिपत्रमा भनिएको छ, ‘२४ घण्टाभित्र विद्यालयको चाबी लिएर अनिवार्यरूपमा काठमाडौंको आन्दोलनमा सहभागी हुन अनुरोध गरिन्छ ।’

विद्यालय शिक्षा ऐनको मागसहित शिक्षकहरू २२ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन् । सरकारले कक्षा १२ को परीक्षा शिक्षक नखटाई निजामती कर्मचारीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि आन्दोलनकारी शिक्षक र विद्यालय कर्मचारी झन् आक्रोशित भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register