एनआरएनए एकता महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गर्न लागेको एकता महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले बुधबार निर्वाचन कार्यक्रम निर्धारण गर्दै वैशाख २१ गते निर्वाचन गराउने गरी कार्यतालिका सार्वजनिक गरेको हो । एनआरएनए एकता महाधिवेशन आउंदो मे ३ देखि ५ सम्म (वैशाख २० देखि २२ गते) काठमाडौँमा भौतिक रुपमा हुँदैछ । […]

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गर्न लागेको एकता महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
निर्वाचन समितिले बुधबार निर्वाचन कार्यक्रम निर्धारण गर्दै वैशाख २१ गते निर्वाचन गराउने गरी कार्यतालिका सार्वजनिक गरेको हो ।
एनआरएनए एकता महाधिवेशन आउंदो मे ३ देखि ५ सम्म (वैशाख २० देखि २२ गते) काठमाडौँमा भौतिक रुपमा हुँदैछ ।
निर्वाचन कार्यक्रमअनुसार मतदाता प्रथम नामावली प्रकाशन वैशाख १२ गते अपरान्ह ४ बजे, मतदाता नामावलीमाथि दावी विरोध बैशाख १५ गते मध्यान्ह १२ बजे तथा सोही दिन ३ बजे अन्तिम नामावली प्रकाशित गरिनेछ ।
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार उम्मेदवारको मनोनयन दर्ता वैशाख २० गते बिहान ९ देखि दिउसो ३ बजेसम्म हुनेछ भने त्यसमाथि दावी विरोध, फिर्ता र अन्तिम नामावली प्रकाशन त्यही दिन सांझ ७ बजे गरिनेछ ।
२१ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म हायात रिजेन्सी होटलमा मतदान हुने कार्यक्रम छ । तत्पश्चात मतगणना गरेर अन्तिम नतिजा प्रकाशित गरिने समितिले जनाएको छ ।
समितिले निर्वाचन हुने पद र संख्या पनि सार्वजनिक गरेको छ जसमा अध्यक्ष १, उपाध्यक्ष (खुल्ला) ६, उपाध्यक्ष महिला १, महासचिव १, सचिव (खुल्ला) ३, सचिव (महिला) १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष (खुल्ला) १, सह कोषाध्यक्ष (महिला) १, महिला संयोजक १, युवा संयोजक १, एसिया प्रशान्त क्षेत्रीय संयोजक १, युरोप क्षेत्रीय संयोजक १, मध्यपूर्व क्षेत्रीय संयोजक १, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक १, अफ्रिका क्षेत्रीय संयोजक १, ओसेनिया क्षेत्रीय संयोजक १, एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक २, युरोप क्षेत्रीय उपसंयोजक २, मध्यपूर्व क्षेत्रीय उपसंयोजक २, उत्तर दक्षिण अमेरिका क्षेत्रीय संयोजक २, अफ्रिका क्षेत्रीय उपसंयोजक २, ओसेनिया क्षेत्रीय उपसंयोजक २ सहित ३६ जना निर्वाचित हुने व्यवस्था गरेको छ ।
उता, गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन मिति सार्ने परराष्ट्र मन्त्रालयको प्रस्ताव सर्वोच्च अदालतले अस्वीकार गरेपछि महाधिवेशन अब तोकिएको मितिमै हुने पक्का भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उच्चस्तरीय समितिलाई प्रमाणहरु पेश गर्न आदेश दिँदै हालसम्म भएका कामबारे समेत विवरण माग गरेको छ।
हेरौं आदेशः
What's Your Reaction?






