फेसबुकमा हातहतियार देखाउँदै आतंक फैलाएको आरोपमा २ जना पक्राउ
काठमाडौँ । फेसबुकमा हातहतियार प्रदर्शन गर्दै समाजमा डर त्रास फैलाएको आरोपमा कपिलवस्तुका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका–३ असैरनाका २१ वर्षीय दुर्गेश यादव र वडा नं. ४ का २५ वर्षीय अनिल कुमार कहार रहेका छन् । फेसबुकमा हातहतियार प्रदर्शन गरेको फोटो र भिडिओ सार्वजनिक गरेको सूचनाका आधारमा लवनीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूलाई घरैबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट ७ दिनको म्याद थप गराएर ...

What's Your Reaction?






