विराटनगरमा नक्कली नोटको खुलेआम कारोबार, बैंकसम्मै पुग्छ नक्कली नोट, तर प्रहरीसम्म पुग्दैन ‘केस’ ! 

काठमाडौँ । विराटनगरमा खुलेआम नक्कली नोटको कारोबार हुने गरेको पाइएको छ । अझ पछिल्लो केही सातायता विराटनगरमा नक्कली नोटको कारोबार झनै बढेको पाइएको हो । यसरी विराटनगरमा भइरहेको नक्कली नोटको कारोबारका अधिकांश घटना बैंकसम्म पुगेर बाहिरिने गरेको भेटिएको छ । र त्यस्तै भयो विराटनगर-४ की कृष्णमाया पहाडीको ‘केस’मा पनि ।  बिहीबार पहाडी ७ लाख रुपैयाँ […]

Apr 24, 2025 - 14:21
 0
विराटनगरमा नक्कली नोटको खुलेआम कारोबार, बैंकसम्मै पुग्छ नक्कली नोट, तर प्रहरीसम्म पुग्दैन ‘केस’ ! 

काठमाडौँ । विराटनगरमा खुलेआम नक्कली नोटको कारोबार हुने गरेको पाइएको छ । अझ पछिल्लो केही सातायता विराटनगरमा नक्कली नोटको कारोबार झनै बढेको पाइएको हो । यसरी विराटनगरमा भइरहेको नक्कली नोटको कारोबारका अधिकांश घटना बैंकसम्म पुगेर बाहिरिने गरेको भेटिएको छ । र त्यस्तै भयो विराटनगर-४ की कृष्णमाया पहाडीको ‘केस’मा पनि । 

बिहीबार पहाडी ७ लाख रुपैयाँ जम्मा गर्न कञ्चनबारीस्थित सिद्धार्थ बैंकको शाखामा पुगिन् । तर, उनले बैंकमा लिएर गएको ७ लाखमध्ये एक लाखको एउटा बन्डलमा एक हजार दरको नक्कली नोट भेटियो । 

एक लाखको बण्डलमा एक हजार दरको नक्कली नोट भेटेपछि बैंकको काउन्टरमा बस्ने क्यासियरले उक्त नोट नक्कली नोट छुट्टै राखे र सो नोट कहाँबाट ल्याएको हो भनी सामान्य सोधपुछ गरे । पहाडीले घर बनाउनका लागि विराटनगरको रंगेली रोडमा रहेको राठी ज्वेलर्समा सुन राखेर सो रकम ल्याएको बताइन् । त्यसपछि बैंकले धेरै केरकार गरेन । 

पहाडीले पनि आफूले ल्याएको नोटको बन्डलमा नक्कली नोट परेको खबर ज्वेलर्समा गरिन् । ज्वेलर्सले पहाडीलाई सो नक्कली नोटको बदलामा सक्कली एक हजारको अर्को नोट दियो । उक्त नक्कली नोट भने सिद्धार्थ बैंकले राष्ट्र बैंकमा बुझाउनुपर्ने भन्दै आफैँसँग राख्यो । यो बीचमा बैंकसम्म नक्कली नोट पुगेको उक्त घटनाबारे न प्रहरीमा खबर गरियो, न त पीडितले उजुरी नै दिन मानिन् । बरु उक्त केस बैंक, ज्वेलर्स र पहाडीबीचमै गुपचुप रह्यो । 

यसरी बजारबाट नक्कली नोट बैंकसम्म पुगेर गुपचुपमै सल्टिँदासम्म पनि सो नक्कली नोट कहाँबाट आयो ? कसरी आयो ? कसले सक्कली नोटको बण्डलमा नक्कली नोट राख्यो ? भन्ने विषयमा कुनै पनि निकायबाट अनुसन्धान भएन । यसले विराटनगरमा यसरी हुने नक्कली नोटको कारोबारका घटना थुप्रै छन् भन्नेमा शंका उब्जाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register