सिन्धु बिकास बैंकमा आगलागी, पैसा र ऋणका कागजात सुरक्षित, अरु सामान जले, अरु के के भयो ?

काठमाडौँ । सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित लामेसाँघु शाखामा आगलागी भएको छ। बलेफी गाउँपालिका-८ लामोसाँघुमा रहेको बैंकको शाखामा शनिबार आगो लागेको हो । प्रहरीका अनुसार बैंकको शाखामा बिजुली शर्ट भई आगो लागेको हो । यता, आगलागीका कारण कुनै पनि मानवीय क्षति नभएको, र ऋणसँग सम्बन्धित कागज र बैंकमा रहेको पैसा पनि सुरक्षित रहेको बैंकले जनाएको छ […]

Jan 19, 2025 - 01:48
 0
सिन्धु बिकास बैंकमा आगलागी, पैसा र ऋणका कागजात सुरक्षित, अरु सामान जले, अरु के के भयो ?

काठमाडौँ । सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित लामेसाँघु शाखामा आगलागी भएको छ। बलेफी गाउँपालिका-८ लामोसाँघुमा रहेको बैंकको शाखामा शनिबार आगो लागेको हो ।

प्रहरीका अनुसार बैंकको शाखामा बिजुली शर्ट भई आगो लागेको हो । यता, आगलागीका कारण कुनै पनि मानवीय क्षति नभएको, र ऋणसँग सम्बन्धित कागज र बैंकमा रहेको पैसा पनि सुरक्षित रहेको बैंकले जनाएको छ ।

यध्यपी बैंकको शाखाको फल्स सिलिङ, स्टोरका सामान, रिसेप्सन एरियामा रहेका फर्निचर लगायतमा क्षति पुगेको छ । प्रहरीका अनुसार स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरीका अनुसार आगलागीका कारण के कति क्षति भयो अध्ययन भईरहेको छ । यध्यपी २५-३० लाख बराबरको क्षतिको अनुमान गरिएको छ ।

बीमा गरेकाले बैंकमा आगलागीका कारण भएको क्षतिको दाबी भुक्तानी बीमा कम्पनीले गर्छ । बैंकले हिमालयन एभरेस्ट इन्स्योरेन्समा बीमा गरेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register