मुलुकका समस्या ९ महिनामा मात्रै आएका होइनन् : एमाले

काठमाडौं । नेकपा एमालेले मुलुकका समस्या पछिल्लो सकारका कारणले मात्रै नआएको बताएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले मुलुकका समस्या पछिल्लो सरकारका कारणले मात्रै नआएको बताएका हुन् । ‘केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्,’ विष्टले भने, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका […]

Apr 25, 2025 - 09:58
 0
मुलुकका समस्या  ९ महिनामा मात्रै आएका होइनन् : एमाले

काठमाडौं । नेकपा एमालेले मुलुकका समस्या पछिल्लो सकारका कारणले मात्रै नआएको बताएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सांसद गोकर्ण विष्टले मुलुकका समस्या पछिल्लो सरकारका कारणले मात्रै नआएको बताएका हुन् ।

‘केही समस्यामा विश्व अर्थव्यवस्थाका कारण छन् भने केही समस्या आन्तरिक कारण पनि छन्,’ विष्टले भने, ‘यी समस्याहरू केवल ९ महिनाको सरकारको अवधिमा पैदा भएका होइनन् ।’

सरकार समस्याहरू समाधानको बाटोमा अघि बढिरहेको उनले बताए ।  चुनौतीका पहाडलाई केवल ९ महिनाको अभ्यास र कार्यान्वयनले परिणाममा पुर्‍याउने वा सफलता प्राप्त गर्ने कुरा नहुन सक्छ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register