‘मैमत्त सत्ता–साँढेहरू’ सामू कहिलेसम्म यथार्थको ‘बिन’ बजाउनु पर्ने ?
नकुल काजीविगत व्यवस्थाकालका अनुभवहरूसँग पाकेर त्यस कालखण्डका असली साक्षी बनी बाँचिरहेकाहरू र वर्तमान शासनको आभ्यासिक स्वरूपसँग विरक्तिरहेका नेपालीका आवाज बलात् दमित राखिएका छन्, अहिले । यद्यपि, यो वर्तमानमा प्रकीर्ण अनपेक्षित विषम परिस्थितिको सही विश्लेषण गर्न सक्ने त्यस वर्गका निरपेक्ष र न्यायपरायण नेपालीहरू सबै भन्दैछन्– अहिलेको अस्थिरता, अराजकताकृत बेथिति र तानाशाही दलनको दोष मौजूदा ‘व्यवस्था’–माथि थोपरिनु घनघोर [...] The post ‘मैमत्त सत्ता–साँढेहरू’ सामू कहिलेसम्म यथार्थको ‘बिन’ बजाउनु पर्ने ? appeared first on Jhapa Online.

नकुल काजी
विगत व्यवस्थाकालका अनुभवहरूसँग पाकेर त्यस कालखण्डका असली साक्षी बनी बाँचिरहेकाहरू र वर्तमान शासनको आभ्यासिक स्वरूपसँग विरक्तिरहेका नेपालीका आवाज बलात् दमित राखिएका छन्, अहिले । यद्यपि, यो वर्तमानमा प्रकीर्ण अनपेक्षित विषम परिस्थितिको सही विश्लेषण गर्न सक्ने त्यस वर्गका निरपेक्ष र न्यायपरायण नेपालीहरू सबै भन्दैछन्– अहिलेको अस्थिरता, अराजकताकृत बेथिति र तानाशाही दलनको दोष मौजूदा ‘व्यवस्था’–माथि थोपरिनु घनघोर अन्याय हुन्छ । अहिलेको होहल्ला वास्तवमा ‘व्यवस्था’–को विरुद्ध नभएर यसका चालकहरूका बेलगाम मैमत्त बुर्कुसीद्वारा उत्सर्जित ‘दुरावस्था’–को स्वाभाविक उपज हो । अहिले उर्लिरहेको कोकोहोलोको अन्तर्यलाई नागरिकका सरोकारी भावले छिन्किने हो भने यही यथार्थ हात लाग्नेछ । तर, पालो फेरि–फेरि सत्ताको चास्नी घिच्ने दुव्र्यसनीहरू कसरी जमेका छन् भने, मानो, यहाँ एकतन्त्रीय राणाको हुकुमी शासन बहाल छ !
अतः ‘व्यवस्था’–को नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ राखेर राणा शासन पुनरावृत्त भइरहेको उदेकलाग्दो अनुभूति जन–जनका मानसमा नित्य जाग्रत छ ! वस्तुतः ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नेपालको स्वीकृत शासन व्यवस्था हो, तापनि नागरिकका सबै कित्ताले भोगिरहेका सर्वव्यापी शासकीय शैली ‘दुई दलीय तानाशाही’ जस्तो छ । प्रजातन्त्रोत्तर पहिला ‘नेतातन्त्र’ हावी भयो र त्यही ‘तन्त्र’–को भ्रूण क्रमशः छिप्पिँदै–हुर्किंदै जाने क्रममा ‘दलतन्त्र’–को सूत्रपात भयो – जो अहिले हावी छ । अर्थात्, सत्तामा पुग्ने दलले चलाइआएका र चलाइरहेका ‘राजसी एवम् स्वेच्छाचारी शासन व्यवहार’–लाई अहिले आम नागरिकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ मान्न बाध्य हुन परिरहेको छ ।
यो अक्करिलो स्थितिबाट उत्पन्न ‘प्रतिफल’–हरू नै सडक–सडकमा लहरिइरहेका हुन् भन्ने विश्लेषण नै जताततै भइरहेका छन् । यस्तो विश्लेषणलाई फूल–बुट्टे काँडाहरूले दपेट्न सत्ताका तलब–भत्तादार तावेदारहरू रातोदिन व्यस्त छन् । यो सादृश ‘सत्य’–को अविनाशी अस्तित्वको अवास्तविक ‘बध’ ग¥र्याैं भन्दै ‘निर्लज्ज मख्ख’ भइरहनु परेको पनि होला उनीहरूले र त्यसैलाई सत्ताका मुखिया–मुनिमहरूले मूल्यांकनको आधार मानिरहेका होलान् पनि !
शासनको बागडोर अँचेट्न पुगेको वा पुग्ने गरेका दलले देशलाई ‘बपौती’–को रूपमा उपभोग गनेर् गदैर् आएका छन् र गरिरहेका छन् ! अथवा, मौजूदा व्यवस्थाका प्रति भइरहेको यो वा यस्तो थिचोमिचो सहन नसकेर मत–वैभिन्न्यमा उत्रिने अगुवाहरू एकपछि अर्काेमाथि ‘कानून’–को ‘का’ झिकेर ‘नून’ छर्किने प्रक्रिया चालू छ ।… तथापि विकास र समृद्धि, न्याय र सुशासनको बकवेदान्ती नारा फलाकेर आत्मप्रशंसा फर्माउन, मासु–भात र यातायातको सुविधा जस्ता आकर्षणमा, सोझा–सिधा नागरिकको भीड भेला गदैर् आफ्नो श्रेष्ठता प्रतिष्ठापित भएको ठान्ने हास्यसुलभ उल्लास चलिरहेको छ । र, यसमा ‘दाहिने हातले देब्रे कान समाउने’ टुक्का जस्तो रूपमा राष्ट्रिय तिजोरीको कुराउनी खुर्किइरहेको छ भन्ने पनि ‘जनता’–का ‘देखी र सुनी जान्ने’ दुबै थरिका घर–दलानमा चर्काे गन्गन सुनिन्छ ।
अतः सरकार स्वयम् बहुमतमा भएको दम्भी हाँक गजेर्र एकातिर ‘नवोदित लोकप्रिय’–हरूलाई ह्याकुलाले मिच्तै हिँड्दैछन् भने अर्कातिर ठाउँ–ठाउँमा ‘आफ्ना’–हरूको हुल–भेला प्रदर्शन गरी आत्मगौरवको ध्वाँस अनुमोदन पनि गदैर्छन् । भ्रष्टाचार, कमिशनखोरी, पक्षपात, नाता–कृपादिद्वारा पोषितको पक्षपातका कारण झन्नै एक–तिहाइ ऊर्जावान नागरिक विदेश पलायन भइसकेका छन् । आह्रिस–इष्र्यावश लोकप्रियताको धतुरो झार्न आइतबार नबानेर् अभ्यास र राज्यशक्तिको दुरुपयोग गर्न अप्ठ्यारो नमान्ने लबस्तरो प्रस्तुति आदि–इत्यादि कुशासनको व्याख्या पुष्टि हुने काम–कर्मले बदनाम वर्तमान नेपालको ‘राज्य’–का विरुद्ध जन–आक्रोश बढेकोबढ्यै देखिँदो छ । यो केको संकेत – केको पूर्वाभास हो भन्ने ‘राज्य’–का सारथि भइखाइ–पचाइरहेकाहरूलाई थाहा छैन भनेर कसरी पत्याउने ? त्यसो भए यस्तो निर्लज्ज र लबस्तरो थेत्तर्याइँ किन वा केका लागि हो त ?
पहिला डा.भीम रावल जस्ता बेथितिभञ्जक भनेर चिनिएका काबिल तथा दलकै ‘विश्वस्त स्वजन’ व्यक्तित्वलाई दलबाटै गलहत्याइयो । त्यसपछि मूल खतुकीलाई छोडेर ‘निमित्त हैसियत’–का रवि लामिछाने जस्ता जनाधारशाली युवाको बेशरम र क्रूर नाटकीय ढंगबाट काइटो बसाइयो । अब काठमाडौं महानगरका बालेन साह, धरानका हर्क साम्पाङ, सांसदहरू डा.चन्द्र भण्डारी, डा.सुनील शर्मा, अमरेशकुमार सिंह, ज्ञानेन्द्र शाही आदि–इत्यादि जनप्रिय र जन–भावनाका मुखरहरू तर्फ क्रमशः तरवार सोझिने अड्कल हुँदैछ । यसरी नै उस जमानामा भ्लादिमिर लेनिनले तेह्र हजार ‘सही आलोचक’–का ज्यानै लिएपछि रसियाका बेलगाम शासक बनेको इतिहास यहाँ पनि ‘गुरुग्रह’ बनेको होला कि ? आफ्नो कुकर्मको पोल खोल्न तदारुक पात्रहरू सखाप पारेपछि देशलाई आफ्नो एकलौटी जोतभोग–अख्तियारीको जिमिदारीमा रूपान्तर गनेर् मेलोमेसो हो कि ? यस्ता जन–धरातलमा मञ्चन भइरहेका शासकीय शैली ‘लोकतान्त्रिक शासन व्यवस्था’–का सन्दर्भमा ‘देख्नेलाई लाज’ लाग्ने विषय बनेको छ ।
अन्यथा, देशमा यो गनेर् र ऊ गनेर् अथवा यो गरिँदैछ र उ गरिँदैछ भनेर नित्य जनता ढाँट्ने र फुस्ल्याउने अपराध किन गरिँदैछ त ? विकासको नाममा रेल र पानीजहाजको परी–कथाहरू जस्ता मृदुल सपनाको छारोले जनतालाई अन्धा बनाउने दलीय धन्धाका लागि राष्ट्रिय ढुकुटी कोतरेर आफ्ना ‘भाट’–हरू पाल्ने जस्ता काम–कर्म किन भइरहेका छन् त ? जनताका जीवन दैनिकी दैनन्दिन झन्–झन् कष्टकर बन्दै गइरहेको छ र विदेश पलायनको ओइरो हेर्दा अब अदूर भविष्यमै देश वृद्धाश्रम हुने गन्तव्यतिर प्रस्तावित भइरहेको आभास हुँदैछ । यही बुझेर नै शायद, मौका मादैर्, इण्डियन लगायतका विदेशी जनसंख्याको अतिक्रमणकारी घुइँचोले मलिलो नेपाली माटो कुल्चिएर बाँझो बनाइरहेको छ । देशका मुखियाहरू र तीद्वारा संरक्षित कोठरीको ‘भाटगिरी’–मा पन्पाइरहेका भ्रष्टाचारी, घुसखोर, कमिशनखोर आदि तथा देशी–विदेशी बिचौलिया, दलाल, कालाधन्धे, माफियादिको घातक एवम् नित्य निर्विघ्न उफ्रीपाफ्रीमा झाङ्गिएर देशमा आम असन्तोष र आक्रोश विस्तीर्ण छ ।
यी यावत कुरो छर्लङ्ग हुँदाहुँदै पूर्वराजा र राजापन्थीहरूका उकासमा ‘प्रणालीमाथि आक्रमण भइरहेछ’ भन्ने स्यालहुइँया फलाकोले आफ्ना आबरु छोप्ने दुःसाहस गर्न थालेका विषय पनि बहसमा नारिन थालिसकेको छ । भावी मार्गचित्रसम्म पनि सार्वजनिक नभएका राजाको शासन आउने सम्भावना जतिसुकै टाढा होस् वा हुँदै नहोस् – ‘चोरको खुट्टो काट्…’ उखानको भाका टिपेर, सत्ताको गुलियो चास्नीमा पल्केकाहरूमा ‘लोकतान्त्रिक गणतन्त्र’–को साखुल्ले र कर्ममाण्डी रुवाबासी (?) भएको सुन्दा कानका लोतीहरू ओइलिने स्थिति छ अहिले ।
बाघ नआई ‘बाघ आयो ! बाघ आयो !’…भनेर कराउने गोठालोको फट्याइँबाट वाक्क गाउँलेहरूको गौचरनमा साँच्चै बाघ आएको दिन त्यो गोठालो र गाउँलेले समेत साँच्चै ठूलो नोक्सान व्यहोर्नु परेको दन्त्यकथा स्मरण गराउने परिस्थिति विद्यमान छ यसबेला । अर्थात्, आफ्ना कारणबाटै जन–असन्तोष बढेर देशको सरकारी सेवा समेतका विभिन्न कित्ता विद्रोहमा उत्रिरहेका छन् भन्ने सरकारका मुखिया, जिम्वाल, पटवारी, कार्बारी, मुन्सी, डफ्फेदारहरूलाई भलिभाँती थाहा हुन पर्दछ । त्यसो भए ‘राजातन्त्र’–रूपी ‘बाघ’ आएको अत्याहट छरेर जनमत एकोहो¥याउन सकिन्छ भन्ने सोभिएको हो भने त्यो कमजोर सोच हो ।
(१) ‘सच्चिएर सुध्रिने’ वा (२) ‘बिग्रिएरै सकिने’ – यी दुई मात्र ‘प्रणाली बचाउने’ विकल्प छन् र अरू बहानाहरू अब ‘टाउकाको ओखति नाइटोमा लाए’जस्तै मात्र सिद्ध हुनेछन् । अहिले सत्तारुढहरू त्यस्तै निरर्थक बाँकट्टे खेलामा व्यर्थ व्यस्त छन् । किनभने, बुझ्न आवश्यक के थियो भने – जनताले ‘नारा’–लाई मुखले सघाए पनि अभ्यन्तरबाट त्यो सघाइ बहुधा ‘करकापको झार्लाङ्गी’ मात्र हुन पनि सक्छ । यो अवस्था त प्रधानमन्त्रीको ‘कृत्रिम पुरुषोत्तम अवतार’–को प्रदर्शन खातिर दलका भाटहरूले भेला गरेको मण्डपबाट ‘जनताको लगत्तै फिर्ती लस्कर’–हरूले पनि प्रमाणित गरिरहेकै छन् ! सदाको प्रवञ्चक भाषणरूपी अनूनाद सुन्ने जन–रहरमा डढेलो त लागिसकेको यथार्थ उपस्थित छ !
देशको विकास–समृद्धि, जनताको सुख–शान्ति, सुशासन, सुरक्षा र न्यायको प्रत्याभूति आदिका कर्णमधुर ‘भाषण कुर्लिने क्रम’–मा त्यसरी उगाल आइसकेर पनि अनुत्पादक भाषण ज्यूँकात्यूँ बरकरार छँदैछन् । रातोदिन एक–अर्कामाथि दोष थोपरेर आफू चोखो भएको ठान्ने दम्भी दुष्कर्म वा कुण्ठा प्रक्षेपण मौलाउँदो छ । छोटोमा भन्ने हो भने – वस्तुतः मूलधारका दल भनिने तीन संख्याकारले ‘ठूला दल’–का अंकुशहीन भ्रष्टाचार र अकर्मण्यताका विरुद्ध खबरदारी हो— हाल सडक–सडकमा विस्तीर्ण होहल्ला । यस्तो स्थितिमा कुनै शक्तिको आड खोजिनु अस्वाभाविक हुँदैन भने जनताका आधारभूत असन्तुष्टिको उद्वेलनकै गर्जन बढता हो, चाहे तीमध्ये कतिपयमा फलानो जिन्दाबाद र फलानो आऊ र देश बचाऊ जस्ता स्वरहरू ठूलो सुनिने किन नहुन् !
मिटरब्याज पीडित, उखु किसान, दुग्ध किसान, सहकारी पीडित, शिक्षक, नर्स, चिकित्सक, निजामती कर्मचारी र मझौला–साना राजनीतिक पार्टीहरूको सडक–सडकमा आक्रोश र विरोध अविराम मच्चिरहेको छ । अरू त अरू, स्वयम् सत्तारुढ दल नै पनि सडक–सडकमा आन्दोलन स्वरूपको दम्भ–नृत्य प्रदर्शनबाटै अहमेतुष्टि लिइरहेको छ । यस्ता हर्कतबाट थप लोकतन्त्रमा ‘राज्यसत्ता’ वा ‘सरकार’ कुनै दल विशेषको ‘मुट्ठीको माखो’ हुँदैन वा हुनु हुँदैन भन्ने विश्वमान्यतालाई नराम्ररी थेचानेर्–पछानेर् काम भइरहेको छ ।
यस्ता कहिले कमाउकान्ते दौड र कहिले सिङ जुधाउने खेलमा समयको अपव्ययी अपराधमा रमाउन छोडेर सत्ताधारीहरू सुध्रेलान् र विविध संकट र कुशासनको मिचाइले निसास्सिइरहेका जनताका मौलिक र सारभूत आशा–अभिलाषाहरू सम्बोधित होलान् त ? र, त्यस बिन्दुबाट शिष्ट, सौम्य र सन्तुष्ट नेपालीको सुन्दर नेपाल स्थापित हुन सक्ला त ? अहँ… गाह्रै पर्ला । त्यसो भए बिनसित्ति यसरी ‘मैमत्त सत्ता–साँढेका अघिल्तिर बिन’ कति पो बजाइरहनु र कहिलेसम्म बजाइरहनु ??… बरू, आजलाई यत्ति नै !
The post ‘मैमत्त सत्ता–साँढेहरू’ सामू कहिलेसम्म यथार्थको ‘बिन’ बजाउनु पर्ने ? appeared first on Jhapa Online.
What's Your Reaction?






