अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैलाले गरिन क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई सहयोग

काठमाडौं। अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैला अलिएबाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा शुक्रवार आकस्मिक निरिक्षण भ्रमण गर्दै पाँच लाख रुपैयाँ बराबरको सहायता प्रदान गरेकी छिन्। विहिवार बेलुका चार्टर बिमान मार्फत दश जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएकी अलिएबा भ्रमण टोलीका सदस्यहरु सहित शुक्रवार साँझ क्षेत्रपाटी निःशुल्क चिकित्सालय निरिक्षण गर्दै अतिथि स्वागत पुस्तिकामा हस्ताक्षर गर्दै उपस्थिति समेत जनाएकी […]

Apr 26, 2025 - 04:39
 0
अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैलाले गरिन क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई सहयोग

काठमाडौं।

अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैला अलिएबाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा शुक्रवार आकस्मिक निरिक्षण भ्रमण गर्दै पाँच लाख रुपैयाँ बराबरको सहायता प्रदान गरेकी छिन्।

विहिवार बेलुका चार्टर बिमान मार्फत दश जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएकी अलिएबा भ्रमण टोलीका सदस्यहरु सहित शुक्रवार साँझ क्षेत्रपाटी निःशुल्क चिकित्सालय निरिक्षण गर्दै अतिथि स्वागत पुस्तिकामा हस्ताक्षर गर्दै उपस्थिति समेत जनाएकी थिइन् ।

निरिक्षण भ्रमणका क्रममा उक्त सहायता हस्तान्तरण गर्नुका साथै क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र अजरबैजनका चिकित्सकहरु आदानप्रदान गर्ने सहमती भएको छ ।

राष्ट्रपतीकी छोरी अलिएबाले चिकित्सालयलाई थप सहयोग गर्ने आस्वासन दिएकी छिन् र आउँदो सोमवार यसको अध्ययन गर्न प्राविधिक टोली पठाउने बताएकी छिन् ।

सहयोग कार्यक्रममा चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अजरबैजानका राष्ट्रपतिकी छोरी लगाएतको टिमको स्वागत गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register