आगलागीबाट १० लाख बराबरको क्षति

उदयपुर।   उदयपुरको दुर्गम पहाडी क्षेत्रको लिम्चुङ्बुङ गाँउपालिका वडा नं ३ पाप्रे स्थितमा एक घरमा दिउँसोको समयमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमालको क्षति भएको छ ।      शनिबारका दिन लिम्चुङबुङ गाँउपालिका वडा नं। ३ पाप्रे स्थित सोही स्थान बस्ने बम बहादुर तामाङको ढुङगा, सिमेन्ट र टिनको छानो भएको २ तले घरमा अचानक बिद्युत् […]

Apr 27, 2025 - 15:22
 0
आगलागीबाट १० लाख बराबरको क्षति

उदयपुर। 

 उदयपुरको दुर्गम पहाडी क्षेत्रको लिम्चुङ्बुङ गाँउपालिका वडा नं ३ पाप्रे स्थितमा एक घरमा दिउँसोको समयमा आगलागी हुँदा करिब १० लाख बराबरको धनमालको क्षति भएको छ ।

     शनिबारका दिन लिम्चुङबुङ गाँउपालिका वडा नं। ३ पाप्रे स्थित सोही स्थान बस्ने बम बहादुर तामाङको ढुङगा, सिमेन्ट र टिनको छानो भएको २ तले घरमा अचानक बिद्युत् सट भई आगलागी हुँदा उक्त घरमा रहेको सुनचाँदी, अन्नपात, लत्ताकपडा, भाडावर्तन र काठपात समेत पूर्णरुपमा जली करिब रु.१०,००,०००।– बराबरको क्षति भएको छ ।

        उक्त आगलागी इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा पूर्ण रुपमै नियन्त्रणमा आएको थियो । घरभित्रका सामानहरु अधिकांश जलेर नष्ट भएको र केही सामानहरु मात्र  निकाल्न भ्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register