डा.सुरेन्द्र सिटौलाको स्वर्गको बस्ती लोकापर्ण ।

Jan 4, 2025 - 11:05
Jan 4, 2025 - 11:12
 0
डा.सुरेन्द्र सिटौलाको स्वर्गको बस्ती लोकापर्ण ।


पौष २०, काठमाडौं ।स्वर्गको बस्ती कविता संग्रह आज एक समारोहविच लोकापर्ण भएको छ । 
सो कविता संग्रहको लोकार्पण प्रमुख अतिथी लेखक तथा समालोचक प्रा. डा.गोविन्द्र भटटराईले गर्नु भएको थियो ।
त्रिभुवन विश्वविद्यालयमा ३५ वर्ष विज्ञान विषयमा प्राध्यापन गर्नु भएका सिटौला बाल्यकालदेखिनै कविता तथा साहित्य लेखनमा रुचि राख्नु हुन्थ्यो । 
आजको कविता संग्रहमा जम्मा ६३ वटा कविता रहेका छन । कविले हरेक कवितामा नयाँपन दिन खोज्नु भएको छ । 
सिटौलाको सो कविता संग्रहमा प्राध्यापक डा. गोविन्द्र भटटराई टिप्पनी गर्नु भएको छ । 


यसैगरी हास्य कलाकार मनोज गजुरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति डा. बिष्णुविभु घिमिरे, पुर्व अर्थमन्त्री महेश आचार्य आदिेले कविता संग्रहबारे आफनो भनाई राखेका थिए । 
यसैगरी शोभा खनाल, राजीव पोखरेल र रामरन्जन पौडैलले विमोचित कविता संग्रहबाट कविता वाचन गरेका थिए । 

यसैगरी स्वर्गको बस्तीका कवि डां सुरेन्द्र सिटौलाले पनि आफुले दोस्रो कविता संग्रह निकाल्न धेरै समय लिएको र कविता लेख्दाका रोचक अनुभुतिहरु सुनाउनु भएको थियो । 


सोही अवसरमा चर्चित गायक शिशीर योगीले “ यो देशमा  म एउटा मानिस खोजि रहेछु र सारंगीत रेटे पनि बोल्छ मिठो बोली गीत प्रस्तुत गरेका थिए । 


कवि सिटौलाको यो दोस्रो कविता संग्रह हो । यस अघि सिटौलाको देश र परिवेश कविता संग्रह प्रकाशित भइ सकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register