लिभरपुल बन्यो इंग्लिस प्रिमियर लिग च्याम्पियन

लन्डन- यस वर्षको इंग्लिस प्रिमियर लिग उपाधि लिभरपुलले जितेको छ। आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले लिग च्याम्पियनको ट्रफी पक्का गरेको हो। वर्ष २०२४/ २०२५ को लिगमा चार खेलअगावै लिभरपुलले उपाधि जितेको हो। यससंगै लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस प्रिमियर लिग जित्ने कीर्तिमान बराबरी गरेको छ। प्रशिक्षक आर्ने स्लटको पहिलो […]

Apr 27, 2025 - 19:40
 0
लिभरपुल बन्यो इंग्लिस प्रिमियर लिग च्याम्पियन

लन्डन- यस वर्षको इंग्लिस प्रिमियर लिग उपाधि लिभरपुलले जितेको छ।

आइतबार घरेलु मैदानमा टोटनहमलाई ५-१ ले पराजित गर्दै लिभरपुलले लिग च्याम्पियनको ट्रफी पक्का गरेको हो।

वर्ष २०२४/ २०२५ को लिगमा चार खेलअगावै लिभरपुलले उपाधि जितेको हो।

यससंगै लिभरपुलले म्यानचेष्टर युनाइटेड समान २० पटक इंग्लिस प्रिमियर लिग जित्ने कीर्तिमान बराबरी गरेको छ।

प्रशिक्षक आर्ने स्लटको पहिलो सिजनमै लिभरपुलले प्रिमियर लिग उपाधि जितेको हो।

आइतबार एनफिल्डमा भएको खेलमा सुरुमै गोल खाएको लिभरपुलले पुनरागमन गर्दै सानदार जित हात पार्‍यो ।

लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सालाहले एक-एक गोल गरे।

टोटनहमले एक आत्मघाती गोल उपहार दिएको थियो।टोटनहमका लागि डोमिनिक सोलान्केले गोल गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register