हुन्डी कारोबारमा संलग्न ११ जिल्लाका २१ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले देशभर ११ जिल्लाबाट हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ । सीआईबीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । पक्राउ परेकाहरूले साढे १७ अर्ब रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । […]

Apr 28, 2025 - 14:50
 0
हुन्डी कारोबारमा संलग्न ११ जिल्लाका २१ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले देशभर ११ जिल्लाबाट हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ । सीआईबीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । पक्राउ परेकाहरूले साढे १७ अर्ब रुपैयाँभन्दा बढी अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

विज्ञप्तिअनुसार पक्राउ पर्नेमा वीरेन्द्रप्रसाद साह (५९ वर्ष, मोरङ), दीपेन्द्रप्रसाद साह (३१ वर्ष, मोरङ), श्रवणकुमार साह (२४ वर्ष, महोत्तरी), तारालाल यादव (३२ वर्ष, सप्तरी), हरेराम महतो (२५ वर्ष, सर्लाही), निरोजकुमार महतो (३१ वर्ष, धनुषा), अलितादेवी महतो (४५ वर्ष, धनुषा), प्रकाश सिंह (३५ वर्ष, धनुषा), अरुणकुमार साह (२७ वर्ष, धनुषा), प्रदीपकुमार साह (२६ वर्ष, पर्सा),  संजीवकुमार महतो (४४ वर्ष, धनुषा), राजकमल लोनिया (२२ वर्ष, नवलपरासी), भीमकुमारी गुरुङ (४३ वर्ष, नवलपरासी), रामविलास साह तेली (३५ वर्ष, सप्तरी), ममताकुमारी साह (३२ वर्ष, सप्तरी), बिकर्णजंग राणा (३२ वर्ष, पर्सा), गणपती पाण्डे (३४ वर्ष, नवलपरासी), सलमा खातुन (३८ वर्ष, वीरगन्ज), शुसिलाकुमारी शाहु (३१ वर्ष, सप्तरी), गोविन्दप्रसाद आचार्य (६४ वर्ष, चितवन) र सम्भु मेहता (२२ वर्ष, सप्तरी) रहेका छन् ।

विदेशबाट नेपालमा आउने वैधानिक विप्रेषण (रेमिटेन्स) प्रणालीलाई नै कमजोर पार्दै उनीहरूले आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा अवैध रूपमा रकम आप्रवाह गर्ने कार्य गर्दै आएका थिए । सोही क्रममा डिजिटल वालेट सेवा जस्तै सजिलो पे र पेवेल नेपालको मनि म्युलहरूलाई प्रयोग गरेर अवैध रकम बैङ्क खातामा जम्मा गरिएको थियो । अभियुक्तहरूमध्ये धेरैजसो मनि ट्रान्सफर तथा ट्रेडर्स कम्पनी सञ्चालन गर्दै आएका थिए ।

उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । यस अवैध कारोबारमा संलग्न कम्पनीहरूमा डीएस ट्रेडर्स तथा रेमिटेन्स, दीपज्योति ट्रेडर्स, रिया ट्रेडर्स, आनन्द ट्रेडर्स, न्यू सन्ध्या इन्टरप्राइजेज, अलिता मनी ट्रान्सफर, श्री अञ्जल इन्टरप्राइजेज, आर एन्ड आर सब रेमिट प्रालि, जय माँ जनकी मनि ट्रान्सफर, पूजा सप्लायर्स, ताशी ट्राभल्स एन्ड टुर्स, शिवम् इन्टरप्राइजेज, सस्विका मनी ट्रान्सफर, गोल्डेन स्काई टुर्स एन्ड ट्राभल्स, खुशी मनी ट्रान्सफर, राधिका ट्रेडर्स, हिमालयन मनी ट्रान्सफर, सगरमाथा रेमिटेन्स रहेका छन् ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार जारी निर्देशनविपरीतको कार्य गरेकोले उनीहरूविरुद्ध अनुसन्धान भइरहेको शाहीले जानकारी दिए । हुन्डी कारोबार संगठित अपराधजस्तो पनि देखिएको हुनाले यससम्बन्धी थप अनुसन्धान भइरहेको शाहीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register