झिनो लक्ष्य दिनका बाबजुद कोलकातामाथि पञ्जाबको सनसनीपूर्ण जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ मा पञ्जाब किङ्ग्सले कोलकाता नाइडर्समाथि सनसनीपूर्ण जित हासिल गरेको छ । महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्गलबार राति झिनो लक्ष्य दिनका बाबजुद घरेलु टोली पञ्जाबले १६ रनको जित हासिल गरेको हो । पञ्जाबले दिएको ११२ रनको झिनो लक्ष्य कोलाकाताले भेट्टाउन सकेन । कोलकाता १५.१ ओभरमै सबै […]

Apr 16, 2025 - 01:31
 0
झिनो लक्ष्य दिनका बाबजुद कोलकातामाथि पञ्जाबको सनसनीपूर्ण जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ मा पञ्जाब किङ्ग्सले कोलकाता नाइडर्समाथि सनसनीपूर्ण जित हासिल गरेको छ ।

महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्गलबार राति झिनो लक्ष्य दिनका बाबजुद घरेलु टोली पञ्जाबले १६ रनको जित हासिल गरेको हो ।

पञ्जाबले दिएको ११२ रनको झिनो लक्ष्य कोलाकाताले भेट्टाउन सकेन । कोलकाता १५.१ ओभरमै सबै विकेट गुमाएर ९५ रनमा सीमित भयो ।

कोलकाताका अङ्क्रिश रघुवंशीले सर्वाधिक ३७ रन बनाए । अन्य ब्याटरले २० रन पनि कटाउन सकेनन् ।

पञ्जाबका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । युजवेन्द्र चहलले सर्वाधिक ४ तथा मार्को जनसनले ३ विकेट लिए । चहल खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि टस जितेर ब्याटिङ गरेका पञ्जाब १११ रनमा अलआउट भएको थियो । पभसिमरन सिंहले सर्वाधिक ३० रन बनाउनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पञ्जाबका स्टार अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलको खराब लय जारी रह्यो। उनले कोलकाताविरुद्ध १० बलमा मात्र ७ रन बनाए। जारी सिजनमा म्याक्सवेलले अहिलेसम्म कुनै अर्धशतकीय पारी खेल्न सकेका छैनन्।

कोलाकाताका हर्षित राणाले सर्वाधिक ३ विकेट लिएका थिए ।

यो जितसँगै पञ्जाब १० टोलीसम्मिलित लिगको चौथो स्थानमा उक्लिएको छ । यो प्ले अफ स्थान हो । पञ्जाबले ६ खेलमा ४ जितसकित ८ अङ्क बनाएको छ । यसअघि पञ्जाब छैटौं स्थानमा सीमित थियो ।

हारसँगै कोलकाता भने पाचौँबाट छैटौँ स्थानमा झरेको छ । उसले ७ खेलमा ३ जित र ४ हार बेहोर्दै ६ अङ्क जोडेको छ ।

लखनऊमाथि जितका बाबजुद चेन्नई अझै अङ्क तालिकाको पुछारमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register