शिक्षक महासङ्घको आह्वान: माग पूरा गराउन आन्दोलनलाई थप सशक्त बनाऔँ

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनलाई अझ सशक्त बनाउन शिक्षकहरूलाई आह्वान गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले राज्यले सहजै मागहरू पूरा गर्न नचाहेको भन्दै आन्दोलनबिना अधिकार प्राप्त नहुने बताएका हुन् । सोमबार राति शिक्षा मन्त्रालयमा भएको लामो छलफलमा कुनै सहमति नजुटेपछि अध्यक्ष सुवेदीले मङ्गलबार  बिहान शिक्षकहरूलाई माइतीघर मण्डलामा भेला हुन […]

Apr 29, 2025 - 02:32
 0
शिक्षक महासङ्घको आह्वान: माग पूरा गराउन आन्दोलनलाई थप सशक्त बनाऔँ

काठमाडौं ।  नेपाल शिक्षक महासङ्घले सरकारसँगको वार्ता निष्कर्षविहीन भएपछि आन्दोलनलाई अझ सशक्त बनाउन शिक्षकहरूलाई आह्वान गरेको छ। महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले राज्यले सहजै मागहरू पूरा गर्न नचाहेको भन्दै आन्दोलनबिना अधिकार प्राप्त नहुने बताएका हुन् ।

सोमबार राति शिक्षा मन्त्रालयमा भएको लामो छलफलमा कुनै सहमति नजुटेपछि अध्यक्ष सुवेदीले मङ्गलबार  बिहान शिक्षकहरूलाई माइतीघर मण्डलामा भेला हुन आग्रह गरेका छन्। उनले भनेका छन्, “हाम्रो आन्दोलन जारी छ। आज पनि ठीक ११:०० बजे माइतीघर मण्डला आउनुहोला। राज्य दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन। त्यसैले आन्दोलन बलियो गराऔँ।”

विभिन्न मागहरूलाई लिएर शिक्षक महासङ्घले सरकारसँग वार्ता गरिरहेको भए पनि हालसम्म कुनै ठोस सहमति हुन सकेको छैन। यसै परिप्रेक्ष्यमा महासङ्घले आफ्ना मागहरूलाई स्थापित गर्न आन्दोलनलाई थप प्रभावकारी बनाउने रणनीति लिएको देखिन्छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register