शिक्षकका माग सम्बोधनका लागि ८ अर्ब लाग्ने
काठमाडौं । सरकारले शिक्षकका माग सम्बोधनका लागि ८ अर्ब लाग्ने बताएको छ । आठ अर्बको दायित्वका लागि अर्थमन्त्री तयार भएको शिक्षामन्त्री रघुजी पन्तले बताए । यसअघि विद्या भट्टराईले शिक्षकका माग सम्बोधनका लागि स्रोत सुनिश्चितका लागि कुराकानी गर्दा अर्थमन्त्री विष्णु पौडेल तयार भएका थिएनन् । हाल त्यो दायित्व बहनका लागि अर्थमन्त्री सकरात्मक रहेको भन्दै मन्त्री पन्तले […]

काठमाडौं । सरकारले शिक्षकका माग सम्बोधनका लागि ८ अर्ब लाग्ने बताएको छ । आठ अर्बको दायित्वका लागि अर्थमन्त्री तयार भएको शिक्षामन्त्री रघुजी पन्तले बताए ।
यसअघि विद्या भट्टराईले शिक्षकका माग सम्बोधनका लागि स्रोत सुनिश्चितका लागि कुराकानी गर्दा अर्थमन्त्री विष्णु पौडेल तयार भएका थिएनन् । हाल त्यो दायित्व बहनका लागि अर्थमन्त्री सकरात्मक रहेको भन्दै मन्त्री पन्तले मन्त्री पौडेलप्रति धन्यवाद व्यक्त गरेका छन् । ‘शिक्षकहरूका माग सम्बोधनका लागि ८ अर्ब दायित्वका लागि अर्थमन्त्रीले सहमति प्रदान गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु,’ मन्त्री पन्तले भने ।
मन्त्री पन्तले शिक्षकहरुको आन्दोलन समाधानका लागि सहयोग गर्ने राजनीतिक दलका प्रतिनिधिहरूलाई समेत धन्यवाद दिएका छन् ।
What's Your Reaction?






