झापामा ट्रकको ठक्करबाट मोटरसाइकलको मृत्यु

झापा, १७ बैशाख । झापाको मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज साँझ ५ः३० बजेको समयमा दुर्घटना भएको थियो । बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना ३ ख २३५३ को ट्रकले सोहि दिशातर्फ जाँदै गरेको मे ८ प ६४९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा [...] The post झापामा ट्रकको ठक्करबाट मोटरसाइकलको मृत्यु appeared first on Jhapa Online.

Apr 30, 2025 - 16:02
 0
झापामा ट्रकको ठक्करबाट मोटरसाइकलको मृत्यु

झापा, १७ बैशाख । झापाको मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज साँझ ५ः३० बजेको समयमा दुर्घटना भएको थियो ।

बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ना ३ ख २३५३ को ट्रकले सोहि दिशातर्फ जाँदै गरेको मे ८ प ६४९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका–१० अन्दाजि ६८ बर्षिय टंकप्रसाद बराल गम्भिर घाईते भएका थिए । घाइते उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । अस्पताल पुग्ना साथ ६ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको छन् ।

शव सोही अस्पतालमा रहेको र ट्रक चालक पाँचथरको फिदिम नगरपालिका–११ अन्दाजी ३८ वर्षीय ठालुप्रसाद एक्तेन (लिम्बू) ट्रक इलाका प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ । घटनाको बिषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापामा ट्रकको ठक्करबाट मोटरसाइकलको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register