संसारकै लामो धार्मिक पदयात्राको रुपमा चिनिने मिथिला परिक्रमा सुरु

जनकपुरधाम । संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा शुक्रबारदेखि विधिवत सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो । परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुले बिहीबार राति धनुषाको हनुमाननगरमा […]

Feb 28, 2025 - 02:16
 0
संसारकै लामो धार्मिक पदयात्राको रुपमा चिनिने मिथिला परिक्रमा सुरु

जनकपुरधाम । संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला माध्यमिकी परिक्रमा शुक्रबारदेखि विधिवत सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरको रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो ।

परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुले बिहीबार राति धनुषाको हनुमाननगरमा विश्राम गरेका थिए । शुक्रबार बिहान पूजापाठ गरी उनीहरू भारतको बिहारस्थित कल्याणेश्वर प्रस्थान गर्नेछन् ।

फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिलाबिहारीको डोला र जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमाननगर पुग्छ । त्यसपछि माध्यमिकी परिक्रमाको विधिवत सुरुवात हुने परम्परा रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register