चालु वर्षका योजनाहरु अन्तिम चरणमा, सडक, शिक्षा र कृषिमा प्राथमिकताः वडाध्यक्ष फेम्बू
सरोज भट्टराईशिवसताक्षी, १७ बैशाख । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ का चालु आर्थिक वर्षका योजनाहरु अन्तिम चरणमा रहेका छन् । वडाको शिलिङ बजेटबाट भएका सडक, भौतिक पूर्वाधार, सामाजिक विकास तर्फबाट कामहरु अन्तिम चरणमा पुगेका हुन् । चालु वर्षमा नगरपालिकाबाट विनियोजित ६० लाख बराबरको विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् । वडा नं. ९ मा [...] The post चालु वर्षका योजनाहरु अन्तिम चरणमा, सडक, शिक्षा र कृषिमा प्राथमिकताः वडाध्यक्ष फेम्बू appeared first on Jhapa Online.

सरोज भट्टराई
शिवसताक्षी, १७ बैशाख । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ का चालु आर्थिक वर्षका योजनाहरु अन्तिम चरणमा रहेका छन् । वडाको शिलिङ बजेटबाट भएका सडक, भौतिक पूर्वाधार, सामाजिक विकास तर्फबाट कामहरु अन्तिम चरणमा पुगेका हुन् ।
चालु वर्षमा नगरपालिकाबाट विनियोजित ६० लाख बराबरको विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् । वडा नं. ९ मा हाल १५ सय मिटर सडक कालोपत्रेको तयारी रहेको वडाध्यक्ष डिल्ली फेम्बूले जानकारी दिए । यलम्बर चौक दक्षिण ३१० मिटर सडक वडाबाट विनियोजि २० लाखको लागतमा निर्माणको चरणमा रहेको छ ।
त्यस्तै, संगमचौकदेखि दक्षिण आइतबारे जाने सडक २०० मिटर कालो पत्रे गर्ने तयारी र नगरको रिङ्गरोड अन्तर्गत वडा नं. ९ मा पर्ने चिल्लागढ आइतबारे एक किमी सडक कालो पत्रेको तयारी रहेको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष फेम्बुका अनुसार वडामा रहेका कुनै पनि मुख्य बाटाहरुमा ग्राभेलको काम बाँकी छैन। ग्राभेलको काम अघिल्लो वर्षहरुमा मै सम्पन्न गरिएका छन् । कतै भत्किएका स्थानहरुमा पुरपारेको काम मात्र रहेका छन् ।
सामाजिक विकास तर्फ चालु आवमा वडाले स्थानीय सतासी प्राथमिक विद्यालयलाई विद्यार्थी ओसार पसार गर्न ३ लाख ५० हजार बराबरको सिटी खरिद गरेको वडाध्यक्ष फेम्बुले बताए । नगरमा रहेको एकमात्र क्याम्पस सतासीधाम बहुमुखी क्याम्पसलाई मर्मत सम्भारका लागि १ लाख बजेट विनियोजन गरेकोमा त्यसको पनि काम भइरहेको छ ।
आर्थिक विकास तर्फ वडाले कृषकहरुको आय आर्जनमा बृद्धि गर्न मकै रोप्ने मेसिन वितरण गरेको छ । वडाबाट विनियोजित २ लाख बजेटबाट ५५ जना कृषकलाई मकै रोप्ने मेसिन वितरण योजना अन्तर्गत २६ जनालाई वितरण गरिसकेको छ भने, अन्यलाई वितरणको तयारी गरिरहेको वडाध्यक्ष फेम्बूको भनाइ छ ।
मकै रोप्ने मेसिन कृषकले माग गरे बमोजिम उहाँहरुको जग्गाका क्षेत्र फलको आधारमा मापदण्ड तयार गरी वितरण गरिएको वडा कार्यालयले जनाएको छ । थोरै क्षेत्रफल भएका कृषकलाई २÷३ जना कृषकको समूह बनाई वितरण गरिएको बताइएको छ। त्यस्तै कृषकलाई १ लाख बराबरको कृषि उत्पादनका लागि स्प्रे टयांकी वितरण गरिएको छ ।
झरना खोला, भालु खोलाले क्षति ग्रस्त स्थानहरुमा तटबन्धनको काम गरिएको छ । वडाको संगम चौक स्थित सिंचाईका लागि पाइप खरिद गरी कृषकलाई राहत पुग्ने गरी काम गरिएको वडाध्यक्ष फेम्बुले बताए ।
वडा भित्रका महिला दिदीबहिनीहरुलाई उद्यमी बनाउने उद्देश्यले झोला बनाउने तालिमको दिइएको छ । ताकी उनीहरुले तालिम लिएपछि समूह बनाई आफै झोला उत्पादन गर्न वडाले प्रेरित गरेको वडाध्यक्षको भनाई छ । उनले उद्यमी बन्नका लागि समूह बनाई वडासँग समन्वय गरेमा वडाले सहयोग गर्ने समेत बताए ।
वडाध्यक्ष फेम्बूले आफु निर्वाचित भएपछि मृत्यु संस्कार कार्यक्रम लागु गरेका थिए । उनले चालु वर्षमा पनि मृत्यु संस्कार कार्यक्रमलाई निरन्तरता दिएका छन् । वडा भित्रका नागरिकको मृत्यु भएमा नगद ५ हजार सहयोग गर्ने गरेको वडाध्यक्ष फेम्बुले बताए ।
वडाले झरना खोला र भालु खोलाको दुवै पट्टी बाटो निर्माण गरी कोरिडोरको निर्माण योजनामा अन्तर्गत भालु खोला कोरिडोरको काम सुरु गरेको छ । झरना खोलाको दुवै किनारमा स्थानीय बासीले बाटो खेल्न आकानी गरेपछि भालु खोला कोरिडोरको काम सुरु गरिएको वडाध्यक्ष फेम्बुको भनाई छ । वडाले आगामी जेष्ठ १५ गतेसम्ममा चालु आवको सम्पूर्ण विकास निर्माणका कामहरु सक्ने जनाएको छ ।
The post चालु वर्षका योजनाहरु अन्तिम चरणमा, सडक, शिक्षा र कृषिमा प्राथमिकताः वडाध्यक्ष फेम्बू appeared first on Jhapa Online.
What's Your Reaction?






