शिक्षकहरूले दुर्गम भत्ता पाउने निजी स्रोतका शिक्षकका लागि सामाजिक सुरक्षा कोष

काठमाडौं । सरकारले शिक्षकहरूलाई दुर्गम भत्ता प्रदान गर्ने भएको छ । नेपाल शिक्षक महासंघको माग अनुसार सरकारले स्थायी तथा अस्थायी शिक्षकहरूलाई दुर्गम भत्ता दिने भएको हो । सहमति सार्वजनिक गर्दै शिक्षा मन्त्री रघुजी पन्तले सरकारदे शिक्षकहरूलाई दुर्गम भत्ता दिने निर्णय गरेको बताएका हुन् । ‘स्थायी तथा अस्थायी कोटमा रहेका सबै प्रकृतिका शिक्षकहरूलाई सरकारले दुर्गम भत्ता […]

Apr 30, 2025 - 16:22
 0
शिक्षकहरूले दुर्गम भत्ता पाउने निजी स्रोतका शिक्षकका लागि सामाजिक सुरक्षा कोष

काठमाडौं । सरकारले शिक्षकहरूलाई दुर्गम भत्ता प्रदान गर्ने भएको छ । नेपाल शिक्षक महासंघको माग अनुसार सरकारले स्थायी तथा अस्थायी शिक्षकहरूलाई दुर्गम भत्ता दिने भएको हो ।

सहमति सार्वजनिक गर्दै शिक्षा मन्त्री रघुजी पन्तले सरकारदे शिक्षकहरूलाई दुर्गम भत्ता दिने निर्णय गरेको बताएका हुन् । ‘स्थायी तथा अस्थायी कोटमा रहेका सबै प्रकृतिका शिक्षकहरूलाई सरकारले दुर्गम भत्ता उपलब्ध गराउने भएको छ,’ उनले भने ।

निजी स्रोतका शिक्षकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याइने उनले बताए । यस्तै, सरकारले शिक्षकहरूको मर्यादाक्रम पनि तोक्ने भएको छ ।

आन्दोलनका क्रममा घाइते भएका शिक्षक कर्मचारीहरूको उपचारको व्यवस्था सरकारले गर्ने भएको छ । यस्तै निम्त माध्यामियक प्राथामिक तहका शिक्षकको ग्रेड माध्यामकि द्वितीय श्रेणीको हुनेगरी कायम गर्न सरकार तयार भएको जानकारी मन्त्री पन्तले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register