अन्तर्राष्ट्रिय श्रमिक दिवस : मधेश प्रदेशमा श्रमिकको अवस्था दयनीय

जनकपुर । मधेश प्रदेशमा श्रमिकहरूको अवस्था दयनीय रहेको छ । न्यूनतम ज्यालामा काम गर्नुपर्ने बाध्यताको अन्त्य अझैसम्म हुन सकेको छैन । न्यूनतम ज्यालासम्बन्धी सरकारले कानुन नबनाएको भने होइन, तर नियमित अनुगमन र कारबाही गर्ने निकायको कमिकमजोरीका कारण श्रमिकहरूले मिहिनेत गरेवापतको ज्याला पाउन नसकेको गुनासो गर्ने गरेका छन् । धनुषाको एक फर्निचर उद्योगमा काम गर्ने जनकपुरधाम […]

May 1, 2025 - 04:40
 0
अन्तर्राष्ट्रिय श्रमिक दिवस : मधेश प्रदेशमा श्रमिकको अवस्था दयनीय

जनकपुर । मधेश प्रदेशमा श्रमिकहरूको अवस्था दयनीय रहेको छ । न्यूनतम ज्यालामा काम गर्नुपर्ने बाध्यताको अन्त्य अझैसम्म हुन सकेको छैन । न्यूनतम ज्यालासम्बन्धी सरकारले कानुन नबनाएको भने होइन, तर नियमित अनुगमन र कारबाही गर्ने निकायको कमिकमजोरीका कारण श्रमिकहरूले मिहिनेत गरेवापतको ज्याला पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।

धनुषाको एक फर्निचर उद्योगमा काम गर्ने जनकपुरधाम निवासी सुरेश नायकले घर चलाउन आवश्यक ज्याला जोहो गर्न पनि समस्या हुने गरेको बताउँछन् । भारत जस्तै नेपाल सरकारले पनि रासन, दाल, चामलको व्यवस्था न्यूनतम शूल्कमा दिने व्यवस्था गरे श्रमिकहरुलाई सहज हुने उनले बताए । पारिश्रमीक कम भएकै कारणले विदेश जाने सोँच उत्पन्न भइरहेको उनले बताए ।

‘म फर्निचर उद्योगमा दराज बनाउने काम गर्छु, जीवन दुःखमा चलेको छ । नेपाल सरकारले आफुले सक्ने भारत सरकारको जस्तै रासनपानीको व्यवस्था गरिदिए सहज हुन्थ्यो,’ उनले भने । यता मधेश प्रदेश सरकारका श्रम तथा यातायतमन्त्री कौशलकिशोर रायले केन्द्र सरकारबाटै नेपालमा काम गर्ने जो कोहीका लागि न्यूनतम पारिश्रमिक तोकिएको बताए । तर पारिश्रमिक कम पाएको गुनासो लिएर कोही पनि हालसम्म आफू कहाँ नआएको उनको भनाइ छ ।

उनले विदेशमा श्रम गर्नेहरूका लागि मधेश प्रदेश सरकारले विशेष योजनाहरू ल्याएको बताए । विदेश जाने श्रमिकहरुलाई विभिन्न किसिमको तालिम दिनुका साथै विदेशबाट काम गरेर फर्केकाहरूलाई स्वदेशमै काम गर्न विशेष छुट सहितको प्याकेजहरू प्रदेश सरकारले ल्याएको मन्त्री रायले जानकारी दिए ।

उनले भने, ‘नेपालकै सबैभन्दा बढी मधेश प्रदेशका युवा खाडी मुलुक जाने गर्दछन् । उनीहरूसँग भाषा र सिपको अभावले दुःख पाइरहेको अवस्था छ । हामीले विदेश जाने श्रमिकहरुलाई विभिन्न किसिमको तालिमको व्यवस्था गरेका छौँ । विदेशबाट फर्केका युवाहरूको सिपलाई मन्त्रालयले आर्थिस सर्पोट गरेर स्वरोजगार कार्यक्रमअन्तर्गत १४ करोड रुपैयाँका तालिमको व्यवस्था गरिएको छ ।’

उनले विदेश पलायनलाई रोक्न प्रदेश सरकारले विभिन्न प्रकारको तालिमको व्यवस्था गरेको जानकारी दिँदै मन्त्रालयले महिला स्वरोजगार र विदेशबाट फर्किएका युवा लक्षित कार्यक्र गरिरहेको बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register