सरकारी चिकित्सकले बिरामी जाँच्दा आफ्नो विवरण खुलाउनु पर्ने

काठमाडौं । चिकित्सा पेशामा पनि नक्कली चिकित्सकको विगविगी हुने र सिकारु चिकित्सकले पनि विषय विज्ञ चिकित्सककै जिम्मेवारी सम्हालेर बिरामीको स्वास्थ्य परिक्षण गर्दा विभिन्न खाले समस्या आएको गुनासो बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै […]

May 1, 2025 - 08:12
 0
सरकारी चिकित्सकले बिरामी जाँच्दा आफ्नो विवरण खुलाउनु पर्ने

काठमाडौं ।

चिकित्सा पेशामा पनि नक्कली चिकित्सकको विगविगी हुने र सिकारु चिकित्सकले पनि विषय विज्ञ चिकित्सककै जिम्मेवारी सम्हालेर बिरामीको स्वास्थ्य परिक्षण गर्दा विभिन्न खाले समस्या आएको गुनासो बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीहरुको उपचारमा संलग्न सबै सरकारी चिकित्सकहरुलाई कागजातमा आफ्ना सबै विवरण खुलाउन निर्देशन जारी गरेको छ ।

मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई पत्राचार गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको आवश्यकताअनुसारको रेडियोलोजी, प्रयोगशाला र अन्य परीक्षणमा सिफारिस गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, काउन्सिल दर्ता नम्बर तथा सहि छाप बिरामी रिपोर्टमा खुलाउनुपर्ने उल्लेख गरेकोछ ।

यो व्यवस्थाले बिवरामीले आफुले कुन चिकित्सकसँग परिक्षण गराएकोछ भन्ने जानकारी पाउँनुका साथै फलोअपमा जान समेत कुन वार, कति बजे जाने भन्ने सहजता ल्याउने र थप गुनासोको समेत सम्बोधन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँनुहुन्छ ।

उहाँ भन्नुहुन्छ यतिमात्र नभै हरेक अस्पतालमा बिरामीको भिड हुन्छ, कुन चिकित्सकले हेर्ने बिरामीको पर्खाई बढी छ र कुन चिकित्सकले के कति बिरामी परिक्षण गरे र कतिलाई रिफरल अन्यत्र पठाए भन्ने सम्मको रेकर्ड देखिन्छ ।

यसले हाल भैरहेको भीडभाडलाई व्यवस्थित गर्नुका साथै बिरामीलाई सही चिकित्सककोमा पुगी उपचार गर्ने अवसर मिल्छ ।बिरामीले अनावश्यक अस्पतालमा जाने र पर्खने समस्यामा पनि कमी आउँछ भन्ने मन्त्रालयले विश्वास लिएकोछ । यतिमात्र नभै चिकित्सकलाई थप जिम्मेवार बनाउँन र बिरामीसँगको अफनत्व बहन गर्न थप मदत पुग्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीहरुलाई प्रभावकारी सेवा दिनका लागि उपचारात्मक सेवा सुधारमा जोड दिंदै आईरहेको अवस्थामा यो निर्देशनले थप मदत मिल्ने मन्त्रालयको विश्वास रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register