गोरु काट्ने गुरुङ पक्राउ

स्याङ्जा।  हामी गाईबस्तुलाई पूजा त गर्छौं, तर बुढो भएपछि सडकमा ल्याएर छाड्छौं । बुढो र रोगी गाईबस्तुको बिजोग देखिन्छ । त्यस्तै बाच्छा (गोरु) जन्मियो भने आमाको दूध खान नदिई लखेट्ने गर्छन् । यस्तै भएको छ, स्याङ्जाको पेल्काचौरमा । घरमा पालिराखेको गोरु जोत्न नसक्ने बुढो भएपछी घर मालिकले नै काटेका छन् । जिल्लाको पुतलीबजार नगरपालिकामा गोरु […]

May 1, 2025 - 09:15
 0
 गोरु काट्ने गुरुङ पक्राउ

स्याङ्जा। 

हामी गाईबस्तुलाई पूजा त गर्छौं, तर बुढो भएपछि सडकमा ल्याएर छाड्छौं । बुढो र रोगी गाईबस्तुको बिजोग देखिन्छ । त्यस्तै बाच्छा (गोरु) जन्मियो भने आमाको दूध खान नदिई लखेट्ने गर्छन् । यस्तै भएको छ, स्याङ्जाको पेल्काचौरमा । घरमा पालिराखेको गोरु जोत्न नसक्ने बुढो भएपछी घर मालिकले नै काटेका छन् । जिल्लाको पुतलीबजार नगरपालिकामा गोरु काट्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका १२ पेल्काचौर बस्ने डम्बर बहादुर गुरुङ (टेक) रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मंगलबार बेलुका उनले गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो ।

गुरुङले आफ्नै घरमा पालेको गोरुलाई आफ्नै घर नजिकै बारीमा लगी फलामको घन समेतले टाउकोमा प्रहार गरी मासु काटी घरको आगनमा ल्याई त्रिपालभित्र बेरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको थियो । गोरु काटी फरार रहेकोमा उनलाई खोजतलास गर्दै जाँदा पुतलीबजार नगरपालिका १२ पेल्काचौरमा लुकिछिपी बसेको अवस्थामा बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले पशुपंक्षी सम्बन्धी कसुर मुद्दा  दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register