बिर्तामोडमा मनाइयो १३६ औं अन्तराष्ट्रिय मजदुर दिवस

बिर्तामोड, १८ बैशाख । नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठनले झापाको बिर्तामोडमा अन्तराष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । श्रम ऐन २०७४ को मजदुर विरोधी दफा खारेजी तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि संघर्ष गरौ भन्ने मूल नाराका साथ १३६ औं मजदुर दिवस मनाएको हो । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघ, [...] The post बिर्तामोडमा मनाइयो १३६ औं अन्तराष्ट्रिय मजदुर दिवस appeared first on Jhapa Online.

May 1, 2025 - 15:23
 0
बिर्तामोडमा मनाइयो १३६ औं अन्तराष्ट्रिय मजदुर दिवस

बिर्तामोड, १८ बैशाख । नेकपा (माओवादी केन्द्र) को जनवर्गीय संगठनले झापाको बिर्तामोडमा अन्तराष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ ।

श्रम ऐन २०७४ को मजदुर विरोधी दफा खारेजी तथा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि संघर्ष गरौ भन्ने मूल नाराका साथ १३६ औं मजदुर दिवस मनाएको हो । कार्यक्रममा अखिल नेपाल टे«ड युनियन महासंघ, अखिल नेपाल ढुवानी मजदुर संघ पूर्व इलाका बिर्तामोड झापाको नेतृत्वमा विभिन्न मजदुर संगठनको सहभागीतामा कार्यक्रम भएको हो ।

मजदुर दिवसको अवसर पारेर बिर्तामोडमा निकालीएको ¥याली कोण सभामा परिणत भएको थियो । अखिल नेपाल ढुवानी मजदुर संघका पूर्व इलाका अध्यक्ष नन्दी चौधरीको अध्यक्षतामा भएको कोण सभाको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रञ्जित तामाङ रहेका थिए ।

सयौंको संख्यामा उपस्थित मजलुरहरुले संसारका मजदुर एक हौं, योगदानमा आधारित सामाजिक सुरक्षा कायम गर, श्रम ऐन २०७४ का मजदुर विरोधी दफा खारेज गर, १३६ औं मे दिवस भब्य रुपमा मनाऔं लगायतका नारासहित ¥याली आयोजना गरिएको थियो । ¥यालीले बिर्तामोड परिक्रमा गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि तामाङ, नेकपा (माओवादी केन्द्र) का १ नम्वर प्रदेश उपाध्यक्ष शिवकुमार डाँगी, अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष भूपाल सापकोटाले मजदुरका हक हित र अधिकारका लागि संगठित भएर आवाज उठाउनु पर्ने बताएका थिए । सोही कार्यक्रमकाबीच बेपत्ता परिवारका सदस्य खुशी धिमाललाई नगदसहित सम्मान गरिएको थियो ।

अखिल नेपाल ढुवानी मजदुर संघका संस्थापक गणेश भुसालले स्वागत गरेको कार्यक्रमको संचालन ट्रेड युनियन महासंघकी उप–महासचिव सीता सापकोटा सन्ध्याले गरेकी थिइन् ।

कार्यक्रममा पार्टीका झापा संयोजक राजु आचार्य अग्नि, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, विर्तामोड नगर सचिव जगन्नाथ भट्टराई, वाईसीयल प्रदेश नम्वर १ का अध्यक्ष कुमार आचार्य लगायतको आतिथ्य रहेको थियो ।

The post बिर्तामोडमा मनाइयो १३६ औं अन्तराष्ट्रिय मजदुर दिवस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register