भिरबाट खसेको ढुंगाले लागेर शिक्षा अधिकृत ओझाको मृत्यु

दार्चुला, २३ बैशाख । माथिबाट खसेको ढुंगाले लागेर दार्चुलाको लेकम गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको हो । लेकम–५ स्थित चौपातामा सोमबार सामाजिक विकास कार्यालयले आयोजनाको गरेको शैक्षिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा [...] The post भिरबाट खसेको ढुंगाले लागेर शिक्षा अधिकृत ओझाको मृत्यु appeared first on Jhapa Online.

May 6, 2025 - 03:50
 0
भिरबाट खसेको ढुंगाले लागेर शिक्षा अधिकृत ओझाको मृत्यु

दार्चुला, २३ बैशाख । माथिबाट खसेको ढुंगाले लागेर दार्चुलाको लेकम गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

सोमबार लेकम गाउँपालिका–४ ओदालीमा भिरबाट खसेको ढुंगाले लागेर गाउँपालिकाका शिक्षा अधिकृत ३८ वर्षीय केशवराज ओझाको मृत्यु भएको हो ।

लेकम–५ स्थित चौपातामा सोमबार सामाजिक विकास कार्यालयले आयोजनाको गरेको शैक्षिक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा ओझा सवार मोटरसाइकलमाथि ढुंगा बज्रिएको लेकम गाउँपालिकाका प्रवक्ता सुरेशसिंह थापा बताउनुभयो ।

ओदालीमा जेसिबीको प्रयोग गरेर सडक कटिङ्गको काम भइरहेको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चौपाता हुँदै गोकुलेश्वर अस्पतालमा पु¥याइएको थियो। उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन ।

The post भिरबाट खसेको ढुंगाले लागेर शिक्षा अधिकृत ओझाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register